ताजा समाचार

एकैपटक ५८७ जना प्रहरी निरीक्षकहरुको सरुवा गरियो

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।

प्रधानकार्यालय अन्तर्गत मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखले सोमबार एक सूचनामार्फत ५८७ जना प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ ।

सूचनामा सम्बन्धित कार्यालयहरुलाई आवश्यक कारबाही गर्नुरगराउन भनी पत्राचार गरिएको उल्लेख छ । तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रधान कार्यालयले जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org