ताजा समाचार

युएफा नेशन्स लिग: रोनाल्डोको निर्णायक गोलमा पोर्चुगल लगातार दोस्रो जित

काठमाडौं । युएफा नेशन्स लिगमा पोर्चुगलले लगातार दोस्रो जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले स्कटल्यान्डलाई दुई एक गोलले पराजित गर्दै जित निकालेको हो ।

पोर्चुगलको बेन्फिकामा पाहुना टोली स्कटल्यान्डले खेल सुरु भएको सातौं मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि स्कट मेक्टोमिनीले गोल गरेका हुन् । पहिलो हाफमा अग्रता बचाएको स्कटल्यान्ड विरुद्ध पोर्चुगलले ब्रेकपछि उत्कृष्ट पुनरागमन गर्यो ।

४६औं मिनेटमा क्रिस्टियानो रोनाल्डो सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । ५४औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमार्फत घरेलु टोली खेलमा फर्किएको हो । त्यसपछि ८८ औं मिनेटमा नुनो मेन्डेसको असिस्टमा रोनाल्डोले गोल गरेपछि पोर्चुगल विजयी भएको हो ।

रोनाल्डोको यो नौ सय एक औं करियर गोल हो । पोर्चुगलको दुई खेलबाट ६ अंक भएको छ । स्कटल्यान्ड भने पछिल्ला आठ खेल यता जितविहीन छ । जुन स्कटिस फुटबलको इतिहासमै अहिलेसम्मको खराब प्रदर्शन हो । उसले पछिल्लो पटक खेलेका १४ खेलमा मात्र एकमा जित हात पारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org