घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा
काठमाडौं । यहाँका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको छ । मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली अनुसन्धानका लागि जिल्ला आइपुगेको हो ।
टोलीमा किट विकास महाशाखाबाट सुनिलकुमार जैसवाल र धर्म जैसीसमेत सहभागी छन् । यहाँ आएको टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे जानकारी लिन समेत थालेको छ । मौरीपालकका घार हेर्न र टोली गाउँगाउँसम्म पुग्ने जनाइएको छ । यहाँमा सेराना जातको मौरी यहाँका किसानले पाल्दै आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।
व्यावसायिक रूपमा मौरीपालन गरेका किसानको घार अध्ययन टोलीले अध्ययन गर्नेछ । सोमबार पातारासी गाउँपालिका–१ पेरेगाउँमा अध्ययन टोली पुगेर अनुसन्धान गरिसकेको छ । आज गुठीचौर गाउँपालिकाको गुठीगाउँ र बुधबार तातोपानी र चन्दननाथका मौरीपालकका घार हेर्ने र किसानसँग छलफल गरिने कृषि विकास कार्यालयका प्रमुख देवकोटाले जानकारी दिए। अध्ययन टोली जुम्ला पुगेकाले मौरीमा देखिएको रोग पत्ता लाग्ने आशा किसानले गरेका छन् । मौरीघारको अवस्था, चरन क्षेत्र र रोग कीराका बारेमा टोलीले अध्ययन गर्ने कृषि विकास कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह
काठमाडौं । तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको...
-
बिपी राजमार्गमा आजबाट पुनः सञ्चालनमा ल्याइने
काठमाडौं । बाढी पहिरो र डुबानले तहसनहस बनाएको बिपी राजमार्गमा आजबाट पुनः सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान १०...
-
जसलाई दसैँले छोएन
काठमाडौं । न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शीरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो ।...
-
आश्विन शुक्ल अष्टमीः महाअष्टमी पर्व मनाइँदै
काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा...
-
काठमाडौं उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए दसैँ मान्न
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका...
-
सुनसरीको गलैँचा उद्योगमा आगलागी करोडौँको क्षति
काठमाडौं । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ...
-
देशभरका शक्तिपीठमा भक्तजनको भीड
काठमाडौं । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको...
-
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो
काठमाडौं । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले...
-
रोशिष नेपालको ‘सिरसिरे हावा’ गितको म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं । नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेका कलाकार रोशिष नेपालले आफ्नो नयाँ म्यूजिक भिडियो ‘सिरसिरे हावा’ सार्वजनिक गरेका छन्। म्यूजिक...