ताजा समाचार

अर्जेन्टिनामाथि कोलम्बियाको जित

काठमाडौं । साविक विश्वकप विजेता अर्जेन्टीना जारी विश्वकप दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियासँगको खेलमा पराजित भएको छ । गएराती सम्पन्न भएको खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल निकोलस गोन्जालेजले गरेका थिए ।

यो जितपछि कोलम्बियाले ८ खेलमा ४ जित र ४ बराबरीसहित १६ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यसैगरी अर्जेन्टिनाको भने विश्वकप छनौटमा यो दोस्रो हार हो । अर्जेन्टिना यो हारपछि पनि ८ खेलमा १८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org