ताजा समाचार

प्रधानन्यायाधीश श्रेष्ठ आइतबार संखुवासभा जाँदै

संखुवासभा। जिल्ला अदालत संखुवासभाको नवनिर्मित भवनको प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले यही भदौ ३० गते आइतबार उद्घाटन गर्ने भएका छन् । वि.सं. २०७१ सालदेखि भवन निर्माण कार्य सुरु भएको थियो ।

भवन निर्माण कार्य करिव ५ करोड रुपियाँको लागतमा सम्पन्न भएको हो । भवन आधुनिक र सुविधा सम्पन्न छ ।

यस नयाँ भवन निर्माणका कारण न्याय क्षेत्रमा काम गर्ने कर्मचारी तथा न्याय प्रदान गर्ने अधिकारी र सेवाग्राहीहरुलाई सेवा लिन र दिन सजिलो हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org