ताजा समाचार

सीके राउतद्वारा श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दायर

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा।चन्द्रकान्त राउत ९सीके०ले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । स्रोतकाअनुसार राउतले दुई हप्ता अघि ललितपुर जिल्ला अदालतमा श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् ।

अदालत स्रोतका अनुसार श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको भन्दै आफूले सम्बन्ध विच्छेद गर्न चाहेको राउतले मुद्धामा उल्लेख गरेका छन् । उनले मुद्दा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गरेका छन् । उनका दुई छोरी र एक छोरा छन् ।

४७ वर्षीय राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका उनले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org