चीनको सिनिङमा नेपाली पत्रकार टोलीको जमघट, चिनियाँ चाडको अनुभव बटुल्दै
काठमाडौं । चीनमा आगामी मंगलबार मध्य शरद पर्व मनाईंदैछ । चन्द्र महोत्सव वा मुन केक महोत्सवको नामले समेत चिनिने परम्परागत पर्वलाई चिनियाँ संस्कृतिमा फसल अर्थात अनाज चाड पनि भनिन्छ ।
आइतवारदेखि चीनको पश्चिम भेगस्थित छिङहाइ प्रान्तको भ्रमणमा रहेको नेपाली लेखक तथा सञ्चारकर्मीहरुको टोली प्रान्तीय राजधानी सिनिङमा उक्त चाडको पूर्वार्धमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएको छ । स्थानीय चोङह्वा लेनस्थित १० हजार वासिन्दाको बृहत सेवा केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीे नेपाली पाहुना टोलीले केक बनाउने,पेपर कटिङ,परम्परागत लेखन,चित्र प्रदर्शनीलगायत कार्यक्रम उत्सुकतापूर्वक अवलोकन गरेको छ ।
त्यसअघि टोलीले छिङहाई जातीय विश्वविद्यालय भ्रमण गरेको थियो । प्राध्यापक छियान चियाङ्कोेले ‘दूरका मित्र नभेटेसम्म आनन्द आउँदैन’ भन्ने कन्फुसियसको भनाई उल्लेख गर्दै नेपाली टोलीको स्वागत गरेका थिए । उक्त औपचारिक कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलका सदस्य र विश्वविद्यालयका पदाधिकारीहरुबीच भाषा सिकाइ,शैक्षिक अवसर र प्राज्ञिक आदानप्रदानलगायत विभिन्न विषयमा कुराकानी भएको थियो ।
छिङहाई मिन्चु विश्वविद्यालय र तोङह्वा विज्ञान तथा प्रविधि विश्वविद्यालयको संयुक्त पहलमा त्रिभुवन विश्वविद्यालयमा सन् २०२२ देखि कन्फुसियस इन्ष्टिच्युट सन्चालित छ । त्यसका लागि सन् २०१६ मा छिङहाई विश्वविद्यालयका पदाधिकारीहरुले नेपाल भ्रमण गर्दै सो क्रममा विभिन्न अन्तरर्वार्ता, आदानप्रदान,अनुसन्धान र द्विपक्षीय सहयोगबारे छलफल गरेका थिए । अहिले त्यहाँ भएको लेखक तथा पत्रकारहरुको यो भ्रमणलाई पनि सोही आदानप्रदानको एउटा अंशको रुपमा लिइएको छ।
टोली प्रमुख तथा जनआस्था मिडिया हाउसका अध्यक्ष किशोर श्रेष्ठले नेपालको कन्फुसियस इन्ष्टिच्युटबाट नेपाली सञ्चारकर्मीहरुले चिनियाँ भाषा अध्ययनमार्फत ठूलो लाभ लिन सक्ने जानकारी दिएका छन् । उनले भने,‘नेपालमा चिनियाँ भाषा शिक्षा र कन्फुसियस इन्ष्टिच्युटलाई थप विस्तार गर्दै दुई मुलुकबीच राज्य र जनस्तरमा कायम रहेको सञ्चारको परम्परागत माध्यमलाई फराकिलो बनाउन सकिन्छ ।’
छिङहाई विश्वविद्यालयको अन्तर्राष्ट्रिय शैक्षिक कलेजका निर्देशक चाङ हाइयुनले नेपाली टोली प्रमुख श्रेष्ठको भनाईमा जोड दिँदै त्यसमा चिनियाँ पक्ष तयार रहेको बताए । उनका अनुसार इन्ष्टिच्युटले सन् २०२३ मा सञ्चालन गरेको १५ अनलाइन तथा अफलाइन कक्षामा सात सय बढी विद्यार्थी सहभागी भएका थिए । सोही अवधिमा पछिल्लो दशकमा भएका नेपाली र चिनियाँ कला प्रदर्शनी र चिनियाँ चलचित्र सप्ताहबाट प्राप्त उपलब्धीसम्बन्धी सांस्कृतिक गतिविधि सञ्चालन गरिएको जानकारी दिइयो । टोलीको सम्मानमा प्रान्तीय बिदेश बिभाग प्रमुख वाङ्गले हिजो र आज ह्वाङ्ग्नान काउन्टीका पार्टी प्रचार बिभाग प्रमुख सोङ्गले रात्रीभोज आयोजना गरेका थिए ।
Comments
अरु समाचार
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
संखुवासभा पुगेर फर्किएपछि राउत प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं । यही भदौ ३० गते आइतबार जिल्ला अदालत संखुवासभाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागी भएर फर्किएको भोलिपल्टै वरिष्ठम् न्यायाधीश...