ताजा समाचार

सर्लाहीमा गोली हानेर आफ्नै श्रीमतीको हत्या, बाबु घाइते

काठमाडौं । सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा एक व्यक्तिले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

गएराति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको उनका श्रीमानले गोली हानी हत्या गरेका हुन् । श्रीमान श्रीमतीबीच घरायसी विवादबाट उक्त घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएर घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

उनले आफ्नै ५४ वर्षीय बुबा रामदिनेश यादवलाई पनि गोली हानेका थिए । गोली लागेका यादव घाइते छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

श्रीमती र बाबुलाई गोली हानी फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली हान्ने व्यक्तिको परिचय खुलाएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org