बाढी-पहिरोजन्य विपद्का सम्बन्धमा सर्वदलीय बैठकका यस्ता छन् निर्णयहरु
काठमाडौँ, १३ असोजः अविरल वर्षाका कारण गएको बाढीपहिराले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्याइने भएको छ ।
कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढीपहिरामा परी प्रभावित भएका र घाइते भएकालाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता, मन्त्रीलगायत उपस्थित हुनुहुन्थ्यो । बैठकले बाढी पहिरोमा परी ज्यान गुमाएप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
यस्तै, बाढिपहिरोबाट घरवास गुमाएका पीडितको पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने, सङ्घीय राजधानीलाई बाँकी भू–भागसँग जोड्ने सबैजसो राजमार्गमा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल बाटो खुलाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
यसैगरी ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाईन र विद्युत् गृहको मर्मतसम्भार गरी विद्युत् आपूर्ति र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सञ्चालन गर्ने, बाढीपहिरोका कारण क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मतसम्भार गरी खानेपानी आपूर्ति गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने निर्णय भएको पनि प्रवक्ता गुरुङले बताउनुभयो ।
मौसममा क्रमिक सुधार आइरहेको भए पनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितिमा जनस्वास्थ्यका सवाल अहम हुने भएकाले विपद्पछिको महामारीको सम्भावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक विधी प्रयोग गरी प्रभावित क्षेत्रमा औषधि उपचार र आवश्यक जनशक्ति तथा उपकरणको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
बैठकले विपद्को चपेटामा परेका नागरिक र आउँदै गरेको चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँसलगायत अत्यावश्यक दैनिक उपभोग्य सामान सूपथ मूल्यमा सजिलै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । साथै बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायका भवन, विद्युत् संरचनालगायत पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले सङ्कलन गरी पुनःनिर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउने बैठकको निर्णय छ ।
विपद्को घडीमा सबै राजनीतिक दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने तथा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण नीजि क्षेत्र, आमनागरिक र संघसंस्थालाई अपिल गर्ने निर्णय गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताउनुभयो ।
Comments
अरु समाचार
-
सरकारले सय दिनमा राम्रो काम गरेको छ,पार्टीको तर्फबाट कुनै किसिमको अवरोध हुँदैन: सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताएका छन् ।...
-
प्रधानमन्त्री ओली मंसिरमा चिन जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिरमा चिन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु...
-
नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने बताएका छन् । शङ्खधर साख्वाः...
-
सहकारी ठगी प्रकरणमा ‘नयाँ ट्विस्ट’ जिबीलाई बचाउँन रास्वपाकै नेताहरुको ‘साँठगाँठ’
काठमाडौं । हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै "Fake email" को निश्कर्ष निकाल्ने र...
-
प्रधानमन्त्री ओलीद्वारा शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन् । नेपाल संवत् नयाँ...
-
हङकङ सिक्सेसमा अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित
काठमाडौं। हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ। यो जितसँगै नेपाल पूल ‘बी’को...
-
तिहारको चौथो दिन आज गोरु, गोवर्द्धन र हली पूजा गरिँदै
काठमाडौं। कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर...
-
आजको राशिफल: २०८१ साल कार्तिक १७ गते शनिवार
मेषः व्यवसायमा मनग्य फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीसँग सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नेछन्। बलजफ्ती गरेरै भए पनि चिताएको काम...
-
युक्रेनमा ’विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा
मस्को । युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषण गर्नु...