ताजा समाचार

पानीमा डुबेको अवस्थामा बालकको शव फेला

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ । बलरा नगरपालिका–३, स्थित लक्ष्मीपुरका १२ वर्षीय अङ्कित ठाकुरको शव आज पानीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बिहान घरदेखि दुई किलोमिटरको दूरीमा बाढीको पानी जमेको खाल्डोमा डुबेको अवस्थामा बालकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठकानुसार गत ११ गते शुक्रबार भारतमा रहेका आफन्तकोमा जान्छु भनेर घरबाट हिँडेका बालक बेपत्ता भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org