ताजा समाचार

प्रधानमन्त्रीले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज समसामयिक विषयमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन हुनेछ ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिई हिजो स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले भ्रमणका विषमा लगायत अन्य समसामयिक विषयमा संम्बोधन गर्ने जनाईएको छ ।

स्वदेश फर्केपछि हिजो नै बसेको मन्त्रिपरिषदको बैठकले हालैको अविरल वर्षा, बाढी र पहिरोबाट पुगेको जनधनको क्षतिबाट पीडितलाई राहत दिने निर्णय गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org