दाङमा कात्तिक ८ देखि १० गतेसम्म सर्प महोत्सव हुँदै
काठमाडौं । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना हुने महोतसव संयोजक प्रभात भण्डारीले जानकारी दिए ।
महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका सर्प प्रदर्शनी र तीबारे जानकारी दिइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताए । सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाइको उपचारको अवस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिने अध्यक्ष उनले बताए ।
महोत्सवमा सर्प विज्ञको पनि सहभागिता रहने जनाईएको छ । मानिसले सर्पलाई मार्ने क्रम बढेकाले सर्प लोप हुने अवस्थामा रहेको उल्लेख गर्दै उनले सर्प लोप हुँदा पर्यावरणमा असर पुग्ने बताए । सर्प संरक्षण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
त्यस अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका–२० हजारभन्दा बढीलाई सचेतना प्रदान गर्ने लक्ष्य राखेको छ । महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ । दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ । तीमध्ये सात प्रजातिका सर्प विशालु भेटिएका छन् ।
Comments
अरु समाचार
-
राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
राजविराज (सप्तरी)। राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा...
-
दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु
काठमाडौं । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...
-
रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु, चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भीक अनुमान
काडमाडौं । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने...
-
घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
काठमाडौं । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ। घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि...
-
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति
काठमाडौं । हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ । मधेस प्रदेशका ऊर्जा,...
-
गण्डकीमा डेङ्गुबाट सातको मृत्यु
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य...
-
सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव
काठमाडौं । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा पाँच...
-
सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् । काठमाण्डौको...