ताजा समाचार

साफ महिला च्याम्पियनसिपमा भुटानको सानदार प्रर्दशन, माल्दिभ्स माथि १३–० को जितसँगैशीर्ष स्थानमा

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएको । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शानदार जित निकाल्दै भुटान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गत संस्करणको भन्दा सानदार प्रर्दशन गरिरहेको भुटानले यस अघिको पहिलो खेलमा आयोजक नेपाल विरुद्ध बराबरि तथा श्रीलंकालाई ४–१ गोल अंतरले पराजित गरेका छ । यो जितसँगै भुटान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आजै हुने दोस्रो खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्दैछन् । उक्त खेल साँझ साढे ५ बजे सुरु हुनेछ। नेपाललाई समूह विजेता बन्नका लागि श्रीलंकामाथि ६ गोलको फराकिलो अन्तरले हराउनु पर्नेछ ।

भुटानका लागि डेकी लाजोमले डबल ह्याट्रिक गरिन् । खेलको ४७ औँ मिनेटमा डेकी लाजोमले गोल गर्दै ह्याट्रिक पूरा गरेकि हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org