चोटका कारण भीम र करणले स्कटल्यान्डविरुद्ध नखेल्ने, देव र सागरलाई मौका
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलामा सोमबार साविक विजेता स्कटल्यान्डको केहीबेरमा सामना गर्दैछ।
डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुने खेलका लागि नेपाल क्रिकेट संघले टोली सार्वजनिक गरेको छ। अमेरिका भ्रमणमा नेपालको यो अन्तिम खेलमा चोटका कारण करण केसी र भीम सार्की नदेखिने भएका छन् ।
तीव्र गतिका बलर केसी र ब्याटर सार्कीले त्रिकोणात्मक शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल गुमाएपछि उनीहरूको स्थानमा देव खनाल र सागर ढकाललाई मौका दिइएको छ । देव ट्राभलिङ रिर्जभका रूपमा टोलीसँग थिए । यसअघि यसै शृंखलामा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।
नेपालले त्यसपछि घरेलु टोली अमेरिकासँग तीन विकेट र ३७ रनले हारको स्वाद चाख्यो । ११ खेलबाट पाँच अंक जोडेको नेपाल सातौं स्थानमा छ । एक खेल कम खेलेको स्कटल्यान्ड १३ अंकसहित तेस्रो स्थानमा छ ।
नेपाल जारी शृंखलामा दोस्रो जितको खोजीमा छ । उता स्कटल्यान्ड तेस्रो जितको खोजीमा छ । स्कटल्यान्ड अमेरिकाविरुद्ध १० विकेट र ७१ रनले विजयी भइसकेको छ। यसअघि नेपाल र स्कटल्यान्डबीच एकदिवसीय अन्तर्राष्ट्रियतर्फ सातवटा भिडन्त भएका छन् । जसमध्ये नेपालले चार र स्कटल्यान्डले तीनवटामा जित निकालेका थिए ।
Comments
अरु समाचार
-
लिग-२ : नेपालको लगातार चौंथो हार, अन्तिम खेलमा युएईले ४ विकेटले हरायाे
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई र अमेरिकाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम...
-
आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट...
-
झापा महिला गोल्डकप आजदेखि शुरू हुँदै
काठमाडाैं। झापा महिला गोल्डकप प्रतियोगिता आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल दिउँसो दुई बजे नेपाल पुलिस क्लबको महिला टोली र...
-
भारतले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि
काठमाण्डौ । दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । नवी मुम्बईमा...
-
विश्वकप लिग–२ मा नेपालको लगातार तेस्रो हार, कसले कस्ताे खेले ?
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल आफ्नो तेस्रो खेलमा...
-
विश्वकप लिग-२ मा आज यूएईसँग भिड्दै नेपाल
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११...
-
विश्वकप लिग-२ मा आज अमेरिका र नेपालको भिडन्त
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको...
-
भाेली लिग २ काे पहिलाे खेल खेल्दै नेपाली टाेली !
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले भोली(अक्टोबर–२६) यूएई र अमेरिकासँगको एक दिवसीय त्रिदेशीय शृंखलामा पहिलाे खेल अमेरिकासँग खेल्दै...
-
नेपाल इरानसँग पराजित, दाेस्राे खेल कार्तिक १० गते खेल्ने !
काठमाडौं । नेपाल, भारत र इरान बीचको त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० गोल अन्तरले पराजित भएको...












