ताजा समाचार

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उनले नियमित भेटघाट कार्यक्रम स्थगित गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार सामान्य ज्वरो आएका कारण मङ्गलबार अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गरेका हुन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सिलवालले भने, ‘‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन। उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ।’’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org