पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प हालै दिवङ्गत भएका अमेरकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि समारोहमा सहभागी हुनेभएको बताइएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सवयंले पूर्व राष्ट्रपति जिम्मी कार्टरको अन्त्येष्टिमा सहभागी हुने बताएका हुन् ।
ट्रम्पले फ्लोरिडास्थित आफ्नो मार–ए–लागो स्थित निवासमा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित समारोहका क्रममा पत्रकारहरूसँगको कुराकानीका क्रममा अन्त्येष्टि समारोहमा सहभागी हुने कुरा सार्वजनिक गरेका हुन्।
“हामीलाई निमन्त्रणा गरिएको छ, म त्यहाँ हुन्छु” ट्रम्पले भने । कार्टरको परिवारका कुनै सदस्यसँग कुरा भएको छ कि छैन भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, “म भन्न चाहन्नँ।”
सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका कार्टरले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा मेलमार्फत मतदान गरेका थिए ।
एक सामान्य कृषकबाट अमेरिकाको सर्वोच्च प्रशासकीय पदको नेतृत्व गर्न सफल कार्टरको अन्त्येष्टि शनिबार उनको गृह राज्य जर्जियाबाट सुरु हुनेछ र जनवरी ९ मा वासिङ्टन नेसनल क्याथेड्रलमा समापन हुनेछ । समारोहमा अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प अन्य महानुभावहरूसँगै उपस्थित हुने अपेक्षा गरिएको छ।
आफ्नो कार्यकालको अन्तिम दिनहरूमा रहेका राष्ट्रपति जो बाइडेनले दिवङ्गत पूर्व राष्ट्रपतिले शोक सभामा उनले अमेरिका र विश्वप्रति गरेका कार्यहरूको चर्चा गर्ने अपेक्षा गरिएको छ ।
सन् २०१८ मा पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको निधनपछि ट्रम्प पूर्वराष्ट्रपतिहरू कार्टर, बाराक ओबामा र बिल क्लिन्टनका साथै उनीहरूका पति÷पत्नीका साथ राजकीय अन्त्येष्टिमा सहभागी भएका थिए ।
वासिङ्टनमा हुने शोक सभापछि कार्टरको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि जर्जियामा लगिनेछ ।
Comments
अरु समाचार
-
सम्झौता अन्तर्गत पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
काठमाडौं । इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा...
-
चीनको जनसङ्ख्या घट्ने क्रम जारी
काठमाडौं । छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि जनसङ्ख्या घट्दो क्रममा रहेको चीनको जनसङ्ख्या सन् २०२४ मा लगातार तेस्रो वर्ष जनसङ्ख्या...
-
इमरान खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय
काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको...
-
रुस र इरानबीच ‘साझेदारी’ सम्झौता हुँदै
काठमाडौं । रुस र इरानले शुक्रबार ‘बिस्तृत रणनीतिक साझेदारी’ सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । इरानका राष्ट्रपति मसूद पेजेस्कियानको मस्को...
-
गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी
काठमाडौं । इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको छ । कतार र संयुक्त राज्य अमेरिकाले गाजा...
-
बलिउड अभिनेता सैफ अलि खानमाथि छुरा प्रहार
काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएको छ । रातको साढे दुई बजे एक व्यक्तिले अभिनेतामाथि चक्कु...
-
लसएन्जलसमा फैलिएको आगो नियन्त्रणमा आउन सकेन, २४ को मृत्यु, २३ जना बेपत्ता
काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ...
-
उत्तर कोरियाद्वारा पूर्वी सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार
काठमाडौं । उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात प्रक्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जापानको सागर भनेर पनि चिनिने पानीको...
-
युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु
काठमाडौं । युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । रुसले युक्रेनविरुद्धको युद्धमा करिब...