स्नुकर हाउसमा खुकुरी प्रहारमा संलग्न भएको आरोपमा ४ जनाविरुद्ध ज्यान मुद्दा
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बाहुनधारामा रहेको एक स्नुकर हाउसमा खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । १६ पुसमा ङेमा दुर्जे लामाले सञ्चालन गरेको स्नुकर हाउसमा अजय तामाङ, राजु लामा र हुइसेर पाख्रिन नाम गरेका युवामाथि खुकुरी प्रहार भएको थियो ।
उनीहरूमाथि खुकुरी प्रहार भएको आरोपमा पाँचथर घर भएका २३ वर्षीय रोहन बुढाथोकी, ताप्लेजुङ घर भएका २३ वर्षीय लोटस आङबुहाङ, भोजपुर घर भएका २५ वर्षीय बिहान राई र धनकुटा घर भएका २६ वर्षीय विधान राईविरुद्ध ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको छ ।
प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका उनीहरूविरुद्ध काठमाडौंं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । स्नुकर हाउसमा हो–हल्ला गरेको भन्दै सञ्चालक ङेमाले उनीहरूलाई स्नुकर हाउसबाट बाहिर पठाएका थिए । सोही दिन साँझ साढे ६ बजेतिर अजय, हुइसेर र राजु स्नुकर हाउसबाट बाहिर निस्केका थिए ।
त्यही बेलामा चार जनाको समूहले उनीहरूमाथि खुकुरी प्रहार भएको बताइएको छ । खुकुरी प्रहारबाट अजयको बायाँ हात र टाउकामा र हुइसेरको दायाँ हातमा र राजुको शरीरको विभिन्न भागमा चोट लागेको थियो । अजयको राष्ट्रिय ट्रमा सेन्टरमा र हुइसेरको नेपाल अर्थोपेडिक अस्पताल नारायणटारमा उपचार गराइएको थियो । प्रहरीले पक्राउ परेकाहरूबाट घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको थियो ।
Comments
अरु समाचार
-
होलीमा यस्तो देखियो बसन्तपुर र न्युरोड क्षेत्र (तस्बिरहरु)
काठमाडौं । काठमाडौंको बसन्तपुरमा बिहीबार पचासौं हजार होली खेल्न भेला भए । विशेषतः युवायुवतीहरुले रंगहरुको पर्व होली यहाँ भेला भएर...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउन ‘आइसफल डाक्टर’
सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी शुरू भएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल...
-
युक्रेनसँगको युद्धविराम वार्ताका लागि अमेरिकी टोली रुस जाँदै
किएभ । युक्रेनमा सम्भावित युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी अधिकारीहरू रुस जाँदैछन् । साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको बैठकपछि युक्रेनी अधिकारीहरूले...
-
आज हिमाली र पहाडी भेगमा होली पर्व मनाइँदै
काठमाण्डौ । आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको...
-
अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री ओलीलाई सफाइ
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सफाइ पाएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको...
-
प्रतिनिधिसभामा आज प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्...
-
काठमाडौंका केही ठाउँ दुई महिनाका लागि निषेधाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले केही ठाउँमा दुई महिनाका लागि निषेधाज्ञा लगाएको छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय,...
-
वर्षाले घटाएको वायु प्रदूषण देशका मुख्य शहरमा फेरि बढ्यो
काठमाण्डाै । फागुनको मध्यमा भएको वर्षाले घटाएको वायु प्रदूषण फेरि बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो शहर र तराई...