स्नुकर हाउसमा खुकुरी प्रहारमा संलग्न भएको आरोपमा ४ जनाविरुद्ध ज्यान मुद्दा
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बाहुनधारामा रहेको एक स्नुकर हाउसमा खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । १६ पुसमा ङेमा दुर्जे लामाले सञ्चालन गरेको स्नुकर हाउसमा अजय तामाङ, राजु लामा र हुइसेर पाख्रिन नाम गरेका युवामाथि खुकुरी प्रहार भएको थियो ।
उनीहरूमाथि खुकुरी प्रहार भएको आरोपमा पाँचथर घर भएका २३ वर्षीय रोहन बुढाथोकी, ताप्लेजुङ घर भएका २३ वर्षीय लोटस आङबुहाङ, भोजपुर घर भएका २५ वर्षीय बिहान राई र धनकुटा घर भएका २६ वर्षीय विधान राईविरुद्ध ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको छ ।
प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका उनीहरूविरुद्ध काठमाडौंं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । स्नुकर हाउसमा हो–हल्ला गरेको भन्दै सञ्चालक ङेमाले उनीहरूलाई स्नुकर हाउसबाट बाहिर पठाएका थिए । सोही दिन साँझ साढे ६ बजेतिर अजय, हुइसेर र राजु स्नुकर हाउसबाट बाहिर निस्केका थिए ।
त्यही बेलामा चार जनाको समूहले उनीहरूमाथि खुकुरी प्रहार भएको बताइएको छ । खुकुरी प्रहारबाट अजयको बायाँ हात र टाउकामा र हुइसेरको दायाँ हातमा र राजुको शरीरको विभिन्न भागमा चोट लागेको थियो । अजयको राष्ट्रिय ट्रमा सेन्टरमा र हुइसेरको नेपाल अर्थोपेडिक अस्पताल नारायणटारमा उपचार गराइएको थियो । प्रहरीले पक्राउ परेकाहरूबाट घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको थियो ।
Comments
अरु समाचार
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग
काठमाडाैं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा...
-
काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब बन्दै गएको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थताको तह नाघेको छ ।...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२...
-
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...











