ठोरीमा भारतीय नागरीककोे शव
काठमाडौं । पर्सा जिल्लाको ठोरीमा आज बिहान एक भारतीय नागरीककोे शव फेला परेको छ । हत्या गरि झाडीमा फालिएको अवस्थामा ४५ वर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
ठोरी गाउँपालिका वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिण र भारतीय सीमा नजिक आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक पुरुष छिमेकी मुलुक भारतको पश्चिमी चम्पारण मानपुर थाना अन्तर्गत चौहाटा निवासी राजदेव माझि रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा उनको हत्या गरेर फालिएको हुनसक्ने आशङ्का छ । मृतकको साथबाट मोबाइल र डायरी फेला परेको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक रन्जित लामाले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लामाले बताए ।
Comments
अरु समाचार
-
जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइयो
काठमाडौं । जिउँदै गाईलाई ढुंगाले हान्दै निर्ममतापूर्वक नदीमा बगाइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘गौदान गरेको दृश्य’...
-
बाल सुधार गृहलाई सुरक्षित बनाउन सांसदहरूको माग
काठमाडौं । सांसदहरुले बाँकेको जयन्दु बाल सुधारगृहमा शनिबार भएको तनावबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बाल सुधारगृहमा साना-ठूला उमेर समूहकालाई...
-
मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका...
-
होलीमा दुई पक्ष बीच वादविवाद हुँदा १ राउण्ड हवाई फायर
काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता र स्थानीय पशुराम गिरीसँग वादविवाद हुँदा...
-
अलैँचीको मूल्यमा गिरावट, कृषक चिन्तित
काठमाडौं । अलैँचीको मूल्यमा निरन्तर गिरावट आएसँगै संखुवासभा, ताप्लेजुङ सहित पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम तेह्रथुमका कृषक तथा व्यापारीहरू मारमा...
-
आज काठमाडौंसहित देशका पहाडी जिल्लामा धुमधामकासाथ होली मनाइँदै
काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंगहरुको पर्व होली काठमाडौंसहित पहाडी क्षेत्रमा धुमधामसँग हर्षोल्लासका साथ मनाइँदै छ । फागुन शुक्ल...
-
अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित
काठमाडौं । अमेरिका बस्दै आएका एक वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले जिम्मेवारीबाट अनिश्चितकालका लागि निलम्बन गरेको छ । खोटाङको साकेला गाउँपालिका–४...
-
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
काठमाडौं । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...