काठमाडौँमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने
काठमाडौं । आगामी १७ फागुन (१ मार्च) का दिन काठमाडौँमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने भएको छ ।
धनयोगा फाउन्डेसनको आयोजनामा हुने एक दिने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यासुच्युसेट अमेरिका, डाइबेटिज एण्ड ईण्डोक्राइनोलोजी एशोसिएसन नेपाल र नेपाल हेल्थ क्रप्सको सहकार्य हुने बताइएको छ ।
दक्षिण एसियामा बढ्दो मधुमेहको समस्यालाई मध्येनजर गर्दै नेपालमा उक्त सम्मेलन गर्न लागिएको सम्मेलनका साइन्टिफिक कमीटी चेयर डा प्रज्वल प्याकुरेलले बताए ।
सम्मेनलमा विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने उनले जानकारी दिए । सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ ।
सम्मेलनमा अमेरिका र भारतका अनुसन्धानकर्ता तथा विशेषज्ञ चिकित्सकहरुले सम्मेलनमा ‘की नोट स्पिकर’ का रुपमा नेपाल आउने तय भएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा संयोजक कमल विश्वकार्माका अनुसार भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इन्डोक्राइनोलोजी विभाग (युनिट १) प्रमुख डा नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा. राजु पन्त, अमेरिकाबाटै डा. अजय चौधरी, प्राडा. मेरेडिथ हकिन्स, डा. राल्फ डेफरेन्जो, बीपी कोइराला स्वास्थ्य विज्ञान , प्रतिष्ठानका डा. रोबिन मास्के, भारतका डा. निहाल थोमस, विश्व स्वास्थ्य संगठनबाट डा. ग्याम्पो दोर्जी लगायतको सहभागिता हुने जानकारी दिए ।
सम्मेलन काठमाडौंको रोयल टुलिप द मेसीफ होटलमा हुने जानकारी गराइयो । धन योगा फाउन्डेसन अमेरिकाकोमा दर्ता भएको गैरनाफामुलक संस्था हो । यसले सीमान्तकृत समुदायको आँखा स्वास्थ्य, मधुमेह हेरचाह तथा शिक्षामा काम गरिरहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मधुमेह अनुसन्धानमा काम गरिरहेको संस्थाले सबै प्रदेशमा मधुमेह अनुसन्धान केन्द्र स्थापना गर्ने प्रक्रियामा रहेको धन योगा फाउण्डेसन नेपालकी प्रेसिडेन्ट स्मृति शर्मा तिवारीले जानकारी दिइन् ।
Comments
अरु समाचार
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार...
-
भोलिदेखि आधामात्रै ग्यास भएको सिलिन्डर, मूल्य पनि आधा लिइने
काठमाडौं । नेपाल आयल निगमले प्रतिसिलिन्डर ७.१ केजी ग्यास भरेर वितरण गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा...
-
डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद: विद्युत् नियमन आयोगमा चैत १ गते सुनुवाइ गरिने
काठमाडौं । डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण...
-
आयात र निर्यातबीच उच्च असन्तुलन, सात महिनामा नौ खर्ब ५५ अर्ब व्यापार घाटा
काठमाडौं । आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण नेपालको बैदेशिक व्यापार घाटा उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु बाहिरिएकाे तथ्यांक
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन देशबाट एक हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहीबार मतदानका...












