स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति निकालेर त्रिभुनव विश्वविद्यालय (त्रिवि) को भोलि हुन गइरहेको स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन र निर्वाचन आचारसहिंताको पालना गर्न सबै विद्यार्थी सङ्गठनलाई अनुरोध गर्नुभएको हो ।
निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू कानूनबमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्ने गराउनेउपर प्रचलित कानूनबमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले स्ववियु चुनावको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।
यसैबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आङ्गिक क्याम्पसलाई चुनावी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु चुनाव रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिनुभएको हो । निर्देशन दिएकामध्ये काठमाण्डौ उपत्यकाका छ र बाहिरका नौ आङ्गिक क्याम्पस रहेका छन् । काठमाण्डौ उपत्यकामा विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोविचौर, शङ्करदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा चुनावी प्रक्रिया अगाडि बढेको छैन ।
यस्तै, काठमाण्डौ उपत्यका बाहिरका सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुव रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनीमा पनि प्रक्रिया अगाडि बढेको छैन । त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा भोलि स्ववियु चुनाव हुँदैछ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठकमा आज भन्सार विधेयक प्रस्ताव गरिँदै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ...
-
सरकार र शिक्षकबीचको वार्ता अगाडि बढ्न पुगेन तयारी
काठमाण्डौ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक भएको छ । गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको...
-
आजको राशिफल : २०८२ वैशाख १६ गते मंगलवार
मेष: कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो...
-
शिक्षक आन्दोलनबारे सर्वोच्चलाई शिक्षा मन्त्रालयले फर्कायो जवाफ
काठमाडौं । शिक्षकलाई विद्यालयमा फर्काउन भइरहेको पहलबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सर्वोच्च अदालतलाई सोमबार जवाफ फर्काएको छ । सर्वोच्चले...
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
काठमाडौं । सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा अर्धनग्न भएर प्रदर्शन गरेका छन् । लामो समयदेखि आन्दोलित सहकारी पीडितहरुले आज...
-
आफ्नै बोली भारि पर्यो थापालाई, सर्वोच्चमा अवहेलना मुद्धा दायर
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएको अभिव्यक्तिलाई लिएर उनि विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ...
-
ओलीको जवाफले गगन थचक्कै, देउवा पनि ‘इरिटेड’
काठमाडाैं । कांग्रेस महामन्त्री गगन थापाको हिरोइजममा प्रधानमन्त्री केपी ओलीले पानी खन्याइदिएका छन् । प्रधानमन्त्रीको बेडरुमसम्म विचाैलिया पुग्छन भन्दै हाइहाई...
-
भवितव्य नआए गुणाकर गभर्नर बन्ने पक्का
काठमाडाैं । राष्ट्र बैकमा रिक्त गभर्नरमा भवितव्य सिर्जना नभए अब गुणाकर भट्ट नियुक्त हुने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास...