एसइई तयारी पूरा, पाँच लाख १४ हजार ७१ विद्यार्थीले जाँच दिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए। बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक जिल्लामा पुगिसकेको जनाएको छ।
परीक्षा नियन्त्रक पौडेलले भने, “गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए। यसवर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन्।”
कार्यालयले यसवर्षको एसइई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ। परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन्। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिने जनाइएको छ।
यस पटकको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ। परीक्षा नियन्त्रक पौडेलले काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको जानकारी दिए।
Comments
अरु समाचार
-
निषेधित क्षेत्र तोडे राप्रपालाई कारबाही गरिने
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको...
-
शिक्षकहरुको प्रदर्शन आज बिहान नौ बजेदेखि तीनघण्टा
काठमाण्डौ । शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत...
-
आईपीएलमा गुजरातले दिल्ली र लखनउले राजस्थानलाई हरायो
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले...
-
आजको राशिफलः २०८२ वैशाख ७ गते आइतबार
मेष: व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका...
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
सभामुखदेखि प्रधानमन्त्रीसम्म शिक्षकहरुको भेट किन निष्कर्षविहीन ?
काठमाडौं । नेपाल शिक्षक महासंघको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटपछि आन्दोलन झनै लम्बिएर जाने देखिएको छ । संघले...
-
आईपीएलमा पञ्जाबको पाँचौं जित, अंकतालिकाको शीर्षस्थानमा
काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौं जित निकालेको छ । शुक्रबार भएको खेलमा पञ्जाबले बेंगलुरुलाई ५...
-
रुस र युक्रेनबीचको वार्ता पटकपटक असफल, अमेरिकाले दियो चेतावनी
वासिङटन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनबीचको वार्ता निरन्तर असफल हुने बारेमा चेतावनी दिएका छन् । उनले...