निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
बार चुनाव भाग १
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार एसोसिएसनको नेतृत्व चयनमा । सन्दर्भ हो बार अध्यक्षमा उम्मेदवारी दिएका रमन श्रेष्ठको । रमनका लागि यतिबेला उनी महान्यायाधिवक्ता हुँदा देखाएको हाउभाउ र प्रवृत्ति नै घातक साबित भएको छ । हुन पनि नेपालीमा नेता होस् वा व्यवसायी एकपल्ट कुर्सीमा पुगेपछि त्यसबाट आफू हट्नुपर्छ भन्ने सामान्य हेका पनि राख्दैनन् ।
रमनले २०७३ सानदेखि एक वर्ष, एक साता महान्यायाधिवक्ता भएका थिए । माओवादी अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले रमनलाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।
लामो समय निजी कानून व्यवसायी (अहिले पनि) रहेका रमनले महान्यायाधिवक्ता हुनासाथ निजी कानून व्यवसायीहरूलाई धारे हात लगाए । त्यतिखेरको रवैया देख्दा लाग्थ्यो कि अब रमन निजी कानून व्यवसायीको रूपमा फर्कनु पर्ने छैन ।
पृथ्वी गोलो छ । यो तथ्य र सत्य रमनले बुझेनन् वा उनलाई कुर्सीकी उन्मादले सतायो, थाहा भएन । तर रमनले ‘सरकारी कार्यालयहरूमा निजी कानून व्यवसायीलाई घोषित प्रतिबन्ध’ नै लगाए ।
त्यतिबेला उनले सरकारी निकायहरूलाई निजी कानून व्यवसायी राख्न निरुत्साहित मात्र गरेनन् । कुनै पनि सरकारी कार्यालयले निजी वकिललाई बहस पैरवीका राखेमा त्यसबापत गरिएको भुक्तानी रकम सरकारी बेरुजु हुने भनी रमनले आफ्नै अध्यक्षतामा रहेको महान्यायाधिवक्ता व्यवस्थापन समितिबाट निर्णय पनि गराएका थिए । त्यसपछि उक्त निर्णयसहित त्यस्तो भुक्तानीलाई सरकारी बेरुजु कायम गर्न भन्दै महालेखा परीक्षकको कार्यालयलाई परिपत्रसमेत गरिएको थियो ।
त्यतिले नपुगेर तत्कालीन महान्यायाधिवक्ता रमनले महान्यायाधिवक्ताको स्वीकृतिमा सरकारी वकिलको राष्ट्रिय सम्मेलन गराएर सरकारी निकायहरूले प्राइभेट वकिललाई बहस गर्न/गराउन नपाइने भनेर ‘रिजोलुसन’ नै पारित गराएका थिए ।
यो पृष्ठभूमि नै रमनका लागि यतिबेला बाधक बनेर उभिएको छ । उनले महान्यायाधिवक्ता रहँदा निजी कानून व्यवसायीको पेसा तथा रोजगारमा लात हानेको कसैले भुलेका छैनन् । मानिसलाई सबैभन्दा ठूला इगो आफ्नो पेसा र व्यावसायिक सफलतामाथिको प्रहार र बेइमानीमा रहने गर्दछ । रमनकै कारण त्यतिखेर धेरै दक्ष, व्यावसायिक र विषय विज्ञ कानून व्यवसायीहरूले सरकारी निकायको तर्फबाट बहस गर्नु विमुख हुनु परेको थियो । रमनसँग बदला लिन चाहिरहेका निजी कानून व्यवसायीहरू उपयुक्त मौका पाइएको भन्दै हिँड्ने थालेका छन् । माओवादी पृष्ठभूमिका एक वरिष्ठ अधिवक्ताले न्युज नेपाललाई भने- ‘रमनजीले विगतमा हामी निजी कानून व्यवसायीमाथि अन्याय गरेकै हो । त्यस्तो व्यक्ति हाम्रो अगुवा हुन सक्दैन ।’
एकातिर कांग्रेस निकट प्रजातन्त्रवादी कानून व्यवसायी डिएलए र एमाले निकट पिएलएबीचको गठबन्धनको पक्षमा कुल कानून व्यवसायीको ७० प्रतिशत हाराहारीमा मत रहेको जानकारहरूले बताइरहँदा त्यसमा राप्रपा समर्थित कानून व्यवसायीहरूले पनि साथ दिएका छन् ।
सानो समूह बनाएर बार अध्यक्षको मैदानमा उत्रिएका रमनका लागि पिएलएसँगको गठबन्धनमा डिएलएबाट अध्यक्षको उम्मेदवार बनेका विजयप्रसाद मिश्रको उम्मेदवारी भारी बन्ने निश्चित भएको छ ।
बार केन्द्रीय समितिका लागि चैत २३ गते मतदान हुँदै छ । २५ पदका लागि हुने निर्वाचनमा महासचिव पदका लागि सत्ता गठबन्धनको विजय मिश्र प्यानलबाट पिएलएका केदार कोइराला र माओवादी-रास्वपाको रमन श्रेष्ठ प्यानलबाट रास्वपाका यज्ञमणि न्यौपाने मैदानमा खडा भएका छन् ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












