दक्षिण कोरियाली सहरमा भयङ्कर ठूलो डढेलो, अहिलेसम्म १८ जनाको मृत्यु
काठमाडौं । दक्षिण कोरियाको उत्तरी ग्योङसाङ प्रान्तको उइसोङमा डढेलोका कारण १८ जनाको मृत्यु भएको छ ।
उक्त डढेलोमा परि १९ जना घाइते भएका छन् । दि कोरिया टाइम्सका अनुसार गत सातादेखि लागेको डढेलो उत्तर ग्योङसाङ प्रान्तको उइसोङबाट शुरु भइ दक्षिणपूर्वी कोरियामा फैलिएको छ । तीव्र हावाहुरी र सुख्खा मौसमका कारण छिमेकी चार शहरमा डढेलो फैलिएको हो ।
गत हप्तादेखि अहिलेसम्म डढेलोका कारण प्रभावित क्षेत्रका २३ हजार ४ सय ९१ बासिन्दा विस्थापित भएका छन्, जसमध्ये उइस्याङमा २ हजार ९ सय ७५, चियोङसोङमा १३ हजार ३ सय ९१, योङयाङमा ९ सय ८० र योङदेओकमा २ हजार २ सय ८ जना रहेको समाचारमा उल्लेख छ ।
उइसोङको जङ्गलमा लागेको डढेलोले चार शहर र काउन्टीहरू – एन्डोङ, च्योङसोङ, योङयाङ र योङदियोकलाई प्रभावित गरिरहेको छ । घना बस्ती भएको क्षेत्रमा आगो निभाउन ८७ वटा हेलिकप्टर परिचालन गर्ने र ४ हजार ९ सय १९ जना सुरक्षाकर्मी परिचालन गर्ने अधिकारीहरुको योजना छ । यद्यपि, तीव्र बतासले अग्नि नियन्त्रकको प्रयासमा बाधा पुर्याइरहेको छ ।
Comments
अरु समाचार
-
नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषण,सचेतनाका लागि अनलाइन कक्षा सञ्चालन !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा अत्यधिक वायु प्रदुषणले उकुसमुकुस हुन थालेपछि कक्षा ९ देखि ११ सम्मको कक्षालाई हाइब्रिड मोडमा...
-
हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...












