ताजा समाचार

चार दिने भ्रमणका लागि उपराष्ट्रपति भान्स भारतमा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको पहिलो औपचारीक भ्रमणमा भारत आइपुगेका छन् । उपराष्ट्रपति भान्स चार दिने भ्रमणका क्रममा सोमबार नयाँदिल्लीमा अवतरण गरेका हुन् ।

पत्नी उषा र छोराछोरीका साथमा भारत उत्रिएका भेन्सलाई भारतका केन्द्रीय मन्त्री अश्विनी वैष्णवले विमानस्थलमा स्वागत गरेका थिए । उपराष्ट्रपति भान्स परिवारले आजै अक्षरधाम मन्दिर भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, उनले आजै साँझ ६ः३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनकै निवासमा भेट्ने कार्यक्रम छ रहेको छ । भेटवार्तामा आर्थिक सहयोग, रक्षा सहयोग र द्विपक्षीय व्यापार सम्बन्ध लगायतका विभिन्न सवालमा छलफल हुने अपेक्षा गरिएको छ ।

नयाँदिल्ली भ्रमणपछि भेन्स परिवारले मंगलबार जयपुर र बुधबार आगरा भ्रमण गर्ने तालिका छ । भारतीय विदेश मन्त्रालायका अनुसार भेन्स बिहीबार अमेरिका फर्केनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org