एमालेको धनुषा अधिवेशनमा नेताहरु भिड्दा पाँचजना घाइते
काठमाडौं । नेकपा एमाले धनुषाको ८ औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षीय नेताहरु भिड्दा दुई नेतासहित पाँचजना घाइते भएका छन् ।
गत वैशाख २० गतेदेखि सुरु अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा दह्रो कुटाकुट र कुर्सी हानाहान चलेको थियो जसमा परेर दुई नेतासहीत पाँच जना घाइते भएका हुन् ।
भोला यादव र लक्ष्मी नारायण यादवबिच सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो ।
अधिवेशनमा सोमबार राति नै मनोनयन दर्ता भएको थियो । उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद भएको एक नेताले बताए ।
अधिवेशनमा भोला यादव र लक्ष्मी नारायण यादवबिच प्रतिस्पर्धा हुँदै छ भने, उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्रकुमार मण्डलको उम्मेदवारी दिएका छन् ।
त्यस्तै, उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार परेको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुने निर्वाचन समितिले जनाएको छ ।
आज बिहनबाट निर्वाचन सुरु हुने भनिएपनि उम्मेदवाहरुबिच अन्तिम मतदानमावलीका विषयमा विवाद भएर भिडन्त परेपछि निर्वाचन स्थगित भएको थियो ।
Comments
अरु समाचार
-
विश्वकप एसिया छनोटः नेपाल र हङकङसँग ७ विकेटले पराजित
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । समूह...
-
सगरमाथा संवाद: विश्वका ६१ बढी विकास सहायता संस्थाहरू सहभागी हुँदै
काठमाडौं । नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादमा विभिन्न मुलुकका १ सय ७५ जना प्रमुख तथा प्रतिनिधिसहित ६१ बढी...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौं। म्याग्दीमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३मा बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै...
-
जाजरकोटमा कैदीले कारागार भित्रै आत्महत्या !
काठमाडौं । जाजरकोट कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० का २५ वर्षीय दीपक बुढाले आइतबार कारागारको शौचालयमा...
-
श्रीलङ्कामा बस दुर्घटना हुँदा १५ तीर्थयात्रीको मृत्यु !
काठमाडौं । श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते...
-
टी–20 विश्वकप छनोट: नेपाल र हंकङबीचको खेल रद्द
काठमाडौं । आईसीसी महिला टी–20 विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हंकङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा...
-
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । पछिल्ला दिनहरुमा लगातार बढि रहेको सुनको मूल्य आज पनि बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य...
-
धनकुटामा बस दुर्घटनाः एकजनाको मृत्यु, १४ जना घाइते
काठमाडौं । धरानबाट भोजपुर जाँदै गरेको बस धनकुटाको गोठगाउँमा दुर्घटना भएको छ । आज बिहान १०ः१५ बजेतिर कोशी लोकमार्ग अन्र्तगत...
-
भारतको KIIT विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको छानबिन गर्न सरकारलाई सभामुखको रुलिङ
काठमडौं । भारतको उडिसास्थित कलिंगा इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत भेटिएकी नेपाली विद्यार्थी प्रिशा साहको घटनाबारे छानबिन गर्न...