कांग्रेस सभापति देउवाले भने- गभर्नर नियुक्तिमा ढिलाइ प्रधानमन्त्रीका कारण होइन
काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिलाइ प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नभएको ठोकुवा गरेका छन् । नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा मंगलबार सानेपामा आयोजित कार्यक्रममा देउवाले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीका कारण नभइ कांग्रेसका तर्फबाट गभर्नर नियुक्तिका लागि नाम सिफारिस गर्न समस्या भएकाले ढिलाइ भएको देउवाले प्रष्ट पारे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको उनले बताए । “प्रधानमन्त्री केपी शर्मा ओलीजीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिनुभएको छ,” उनले भने ।
सभापति देउवाले अहिले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत स्पष्ट पारे । अहिलेको प्रणालीमा एउटा पार्टीको मात्रै बहुमत आउने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
सभापति देउवाले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः कम हुँदै गएको अवस्थामा कांग्रेस सम्मिलित गठबन्धन सरकारले आर्थिक विकासलाई गति दिनका लागि अझ मेहनत गर्नुपर्ने धारणा राखे । आगामी बजेटमा धेरै योजना प्रस्ताव गर्ने तर पूरा नहुने स्थितिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
गिरिजाप्रसाद कोइरालाले सुरु गरेको उदारिकरणका कारण धेरै उद्योगधन्दाहरू खुलेको भन्दै सबै उद्योग बेचे भन्ने आरोप सत्य नभएको जिकिर गरे । उद्योग गर्ने र व्यापार गर्ने काम सरकारको नभइ उद्योगपति र व्यापारीहरूको भएको भन्दै उनले उद्योग र व्यापारको क्षेत्रमा सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












