ताजा समाचार

विश्वकप एसिया छनोटः नेपाल र हङकङसँग ७ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।
समूह सी मा नेपालको यो पहिलो हार हो भने हङकङको पहिलो जित हो ।

वेटआउटफिल्डका ५ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो ।

नेपालका लागि कविता कुँवरले १.३ ओभरमा ५ रन खर्चेर २ विकेट लिए पनि नेपालको जितका लागि पर्याप्त भएन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गथरेको नपालले ३ विकेट गुमाए २९ रन बनाएको हो ।

नेपालका लागि ओपनर सम्झना खड्काले ७ बल खेल्दै १ चौका मदतमा सर्वाधिक १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इन्दु वर्माले १० बलमा अविजित ९ रन जोडिन् ।

हङकङका लागि अलिसन सिउले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् ।

जितपछि हङकङ ३ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ भने समान खेलबाट ३ अंकसहित नेपाल दोस्रो स्थानमा छ । यस हारपछि समूह विजेता बनेर सुपर थ्री मा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।

नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org