शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना
काठमाडौं । रामोछाप जिल्लाको दोरम्बाबाट शव लिएर काठमाडौं जाँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका–३ भिरपानीमा दुर्घटना भएको छ ।
आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जानकारी दिएको छ ।
प्र ३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय चोप्राङका प्रहरी जवान भुपेश आछामीले जानकारी दिए । दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका–२ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन्।
एम्बुलेन्समा एकजना प्रहरी जवान र चालकसहित ४ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन्।
Comments
अरु समाचार
-
आइतबारदेखि नेपालमा भारी वर्षाको हुने, सचेत रहन आग्रह !
काठमाडौं । शनिबार रातिदेखि नेपालमा भारी वर्षा सुरु हुने मौसमविद्हरुले पूर्वानुमान गरेका छन्। अहिले भारतको उत्तरप्रदेशतर्फ रहेको मनसुनी रेखा नेपालतिर...
-
केही स्थानमा आज अत्यधिक वर्षा हुने पूर्वानुमान
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान...
-
इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइकाे मृत्यु
काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका–२ तारसिंङ गाउँमा दाजुभाइमाथि धारिलो हतियार प्रहार भएको छ । हतियार प्रहारबाट २१ वर्षीय प्रकाश चापागाईंको...
-
सिवाइसी नेपाल लघुवित्त “उत्कृष्ट बचतकर्ता” सम्मान सोलुका पदम तामाङलाई
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु शाखाले पदम तामाङलाई “उत्कृष्ट बचतकर्ता” घोषित गर्दै सम्मान गरेको छ ।...
-
मेयर साब घुस लिँदालिँदै अख्तियारको पञ्जामा
काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहलाई घुस लिँदालिँदै पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले...
-
पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध
काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी–कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए...
-
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै
काठमाडाैं । मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानी समस्यालाई समाधान गर्न मधेश प्रदेश सरकारले वारुणयन्त्रमार्फत खानेपानी वितरण सुरु गरेको छ ।...
-
अस्पतालको ट्याङ्कीमा खसेर बालिकाको मृत्यु
काठमाडौं । चितवन भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच...
-
३५ जनाको ज्यान लिएको झ्याप्ले खोला पहिरो क्षेत्र पुनर्निर्माण अन्तिम चरणमा
काठमाडौं । गतवर्ष ३५ जनाको ज्यान जाने गरेर असोज ११ र १२ को परेको अबिरल वर्षासँगै गएको पहिरोले क्षतिग्रस्त नागढुंगा–नौबिसे...