ताजा समाचार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्ला दिनमा ठूलो रकमले बृद्धि भईरहेको सुनको मूल्य कारोबारको अन्तीम दिन आज घटेको छ ।

नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसाही महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ५ रुपैयाँ कायम भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org