ताजा समाचार

‘चिनियाँ लडाकु विमान र युद्धपोत हाम्रो क्षेत्रमा प्रवेश गरे’ – ताइवान

काठमाडौं । ताइवानले चिनियाँ विमान र उनीहरूका युद्धपोतले सीमा उल्लंघन गरेको आरोप लगाएको छ ।

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार चिनियाँ विमान र उनीहरूका युद्धपोत ताइवानवरिपरि घुमिरहेको देखिएको बताएको हो ।

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ’आइतबार बिहान ६ बजेतिर पिपुल्स लिबरेसन आर्मीको लडाकु विमानले ताइवानवरिपरिको मध्य रेखा पार ग¥यो र आठ पिपुल्स लिबरेसन आर्मी नेवी युद्धपोतहरूले सीमा उल्लंघन गरे ।’

उसले अगाडि भनेको छ, ’हामीले परिस्थितिमा नजर राखेका छौँ र तद्नुसार प्रतिक्रिया दिएका छौँ ।’

यसअघि शनिबार पनि ताइवानवरिपरि आठ चिनियाँ विमान, १३ युद्धपोत र दुई आधिकारिक जहाज देखिएको दाबी ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org