आईपीएल क्रिकेट: चेन्नई सपर किङ्गस र सनराइजर्स हैदराबादको जीत
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएका खेलमा चेन्नई सपर किङ्गस र सनराइजर्स हैदराबाद विजयी भएका छन् । हिजोको पहिलो खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ८३ रनले हरायो । चेन्नईले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८ ओभर तीन बलमा एक सय ४७ रनमा अलआउट भयो ।
त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो । हिजो खेल हारे पनि शीर्ष स्थानमा रहेको गुजरात यस अघि नै प्लेअफमा पुग्न सफल भएको थियो । गुजरातको १४ खेलमा १८ अङ्क छ । चेन्नई यसअघि नै प्लेअफमा पुग्न असफल भएको थियो । १४ खेलमा चेन्नईको आठ अङ्कसहित तालिकाको पुछारमा छ ।
यस्तै हिजै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई एक सय १० रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय ७९ रनको ठूलो लक्ष्य पछ्याएको कोलकाता १८ ओभर चार बलमा एक सय ६८ रनमा अलआउट भयो ।त्यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको हैदराबादले तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । उसका लागि हेनरिक क्लासेनले ३९ बलमा एक सय पाँच रन बनाउँदै नटआउट शतकीय पारी खेले ।
हैदराबाद र कोलकाता यसअघि नै प्लेअफ पुग्न असफल रहे । हैदराबादले १४ खेलमा १३ अङ्कसहित तालिकाको छैटौं स्थानमा रहँदै सिजन टुङ्ग्याएको छ । कोलकाता भने १४ खेलबाट १२ अङ्कसहित आठौं स्थानमा सीमित रह्यो ।अब आईपीएल क्रिकेटमा लिग चरणका दुई खेल मात्र बाँकी छन् । आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स तथा भोलि लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुनेछ ।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












