पीएसएलको उपाधि तेस्रो पटक लाहोर कलन्दर्सको पोल्टामा, कति छ पुरस्कार राशी ?
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल–२०२५) क्रिकेटको उपाधि लाहोर कलन्दर्सले जितेको छ ।
आइतबार भएको फाइनलमा लाहोरले क्वेट्टा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै लोहोरले उपाधी उचालेको हो । क्वेट्टा ग्लाडिएटर्सले पहिले ब्याटिङ गर्दै दिएको २०२ रनको लक्ष्य लाहोरले १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
लाहोरका लागि परेराले अविजित रहँदै ६२ रन बनाए भने सिकन्दर राजा ७ बलमा २२ रनमा अविजित रहे । अन्तिम ओभरमा १३ रन आवश्यक रहँदा सिकन्दरले चौथो बलमा छक्का र पाँचौ बलमा चौका प्रहार गरे ।
त्यसअघि अघिल्लो ओभरमा परेराले छक्का र चौकासहित राजासँग मिलेर कुल १८ रन जोडेपछि जित सहज बनेको थियो । क्वेटाका मोहम्मद आमिर, फहीम अशरफ, अबरर अहमद र उस्मान तरिकले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्वेटाले २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो । हसन नवाजले सर्वाधिक ७६ रन बनाए । अभिष्का फर्नान्डोले २९ तथा फहीम अशरफले २८ रन बनाए ।
लाहोरका शाहीन अफ्रिदीले ३ विकेट लिँदा सलमान मिर्जा र हारिस राउफले २२ तथा सिकन्दर राजा र रिशाद होसेनले १–१ विकेट लिए ।
यस प्रतियोगितामा विजेता लाहोर कलन्दर्सले पाँचलाख अमेरिकी डलर र उपविजेता क्केट्टा ग्लाडिएटर्सले दुईलाख अमेरिकी डलर हात पारेका छन् ।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












