एम्बाप्पेले जिते पहिलो सिजनमै युरोपियन ला–लिगा गोल्डन बुट
काठमाडौं । फ्रान्सेली फुटबल स्टार खेलाडी किलियन एम्बाप्पेले २०२४–२५ को सिजनमा ला लिगामा शीर्ष गोलकर्ता बनेर युरोपियन गोल्डन बुट जितेका छन्।
यस सिजनमा कूल ३१ गोल गरेर गर्दै एम्बाप्पेले गोल्डन बुट जितेका हुन् । युरोपको युएफएको गुणांक प्रणालीअनुसार स्पेनिश लिगका प्रत्येक गोल २ अंकको हुन्छ। एम्बाप्पेले ३१ गोल गरेर ६२ अंक हासिल गरेका छन्।
उनी स्पोर्टिङ सीपीका भिक्टर ग्योकेरेस (३९ गोल, ५८.५ अंक)लाई पछि पार्दै शीर्ष स्थानमा पुगे। लिभरपुलका मोहम्मद सलाहले प्रिमियर लिगको अन्तिम म्याचमा ह्याट्रिक गर्नुपर्ने थियो तर उनले १ गोल मात्र गरे र ५६ अंकमै सीमित भए।
एम्बाप्पेको यो उपलब्धिले उनको स्पेनमा पहिलो सिजनलाई ऐतिहासिक बनायो। उनले ५५ म्याचमा ४२ गोल गरेका छन्। ला लिगामा मात्र ३४ खेलमा ३१ गोल गरेर उनले ‘पिचिची ट्रफी’ (ला लिगाको शीर्ष गोलकर्ता) जिते।
रियल म्याड्रिडमा डेब्यु सिजनमै यो उपलब्धि हासिल गर्ने उनी २००७ मा रुड भ्यान निस्टेल्रोय पछि पहिलो खेलाडी बनेका छन्। साथै, उनले विश्वभरिको क्लब स्तरमा एक सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइने ‘गेर्ड मुलर ट्रफी’ पनि जिते।
एम्बाप्पेले यसैगरी धेरै रेकर्ड तोडे। उनले अल्फ्रेडो डि स्टेफानोको ७१ वर्ष पुरानो (डेब्यु सिजनमा धेरै गोल गर्ने) रेकर्ड र इभान जामोरानोको ३३ वर्ष पुरानो (क्लबका लागि डेब्यु सिजनमा कुल गोल) रेकर्ड तोडे। उनी ला लिगा इतिहासमा डेब्यु सिजनमै ३०ं गोल गर्ने प्रुडेन, रोमानो र रोनाल्डो नाजारियोपछि चौथो खेलाडी बने।
२०२४ को सुरुमा फ्री ट्रान्सफरमा आएका एम्बाप्पेले फुटबल इतिहासको सबैभन्दा प्रत्याशित ट्रान्सफर भएको दाबीलाई सार्थक बनाए। अब उनको सिजन अझै सकिएको छैन। अर्को महिना फिफा क्लब विश्वकप खेल्ने रियल म्याड्रिडले उनलाई अझ धेरै गोल गर्ने अवसर दिनेछ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
एमाले महाधिवेशन : मनोनीत १०८ प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको आपत्ति !
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एमाले महाधिवेशनः उद्घाटन स्थलमा उच्च सुरक्षा सतर्कता,बम डिटेक्टर र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।...
-
एमालेको ११औँ महाधिवेशन आजदेखि, यस्ताे छ भव्य तयारी !
काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा आजदेखि सुरु हुँदै छ । एमाले प्रचार तथा प्रकाशन...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...












