संखुवासभामा सशस्त्र प्रहरीका संस्थापक महानिरीक्षक दम्पत्तिको शालिक अनावरण !
काठमाडौं । सङ्खुवासभा जिल्लाको, चैनपुरमा सशस्त्र प्रहरी बल, नेपालका संस्थापक महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी स्व.नुडुप श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ ।
सशस्त्र प्रहरी बल र संखुवासभा चैनपुर नगरपालिकाको संयुक्त पहलमा निर्माण गरिएको शालिक महानिरीक्षक राजु अर्यालले एक समारोहका बीच आज बिहान अनावरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले श्रेष्ठको योगदानबारे चर्चा गरेका थिए । श्रेष्ठले देखेको सपनालाई साकार पार्न र सरकारले सुम्पिएको दायित्वहरुलाई इमानदारीपूर्वक पूरा गर्न संगठन अहोरात्र खटिँदै आएको उनले बताए ।
महानिरीक्षक अर्यालले भने,‘उहाँले देखाएकै बाटो पछ्याएर संगठन अघि बढिरहेको छ । उहाँको सपना साकार पार्न र सरकारले सुम्पिएको दायित्वहरु पूरा गर्न हामी प्रतिबद्ध भएर लागिपरेका छौं ।’
अनावरण समारोहमा चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङ्ग, उपमेयर एलिना श्रेष्ठ, पूर्वसशस्त्र महानिरीक्षक दुर्जकुमार राई, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष नारायणबाबु थापालगायतले उनीप्रति श्रद्धासुमन अर्पण गर्दै सम्मान व्यक्त गरेका थिए ।
श्रेष्ठ दम्पत्ति र अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक सूर्यप्रसाद रेग्मीलाई माओवादी द्धन्द्धकालको बेला २०५९ माघ ११ गते मर्निङ्ग वाकका दौरान ललितपुर, एकान्तकुनाको रिङ्गरोड खण्डमा लडाकुहरुले गोली हानेर मारेका थिए । त्यसपछि सरकार र माओवादीवीच केही समय युध्दविराम भयो ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












