सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत उजुरी व्यक्तिगत र बाँकी सरकारी निकायहरुले दर्ता गरेको तथ्याङ्क पाइन्छ ।
विभागमा अख्तियार, नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक लगायतका निकायबाट २० प्रतिशत शंकास्पद उजुरी आएका छन् । जसमध्ये १ सय २२ वटा मुद्दा अदालतमा दायर भएका छन् ।
यसरी दर्ता भएका उजुरीमध्ये तीन हजार १४ वटा उजुरी फर्छ्याैट भइसकेका छन भने ९ सय उजुरी अनुसन्धानको प्रक्रियामै रहेका छन् । जुन उजुरीहरुमा विभाले आगामी वर्ष फर्छ्याैट गरिसक्ने गरि छानविन अनुसन्धान तीब्र पार्ने महानिर्देशक सुमन दाहालको दाबी छ ।
यो पनिः सम्पत्ति शुद्विकरण अनुसन्धान विभाग युद्धस्तरमा, नौ महिनामा ८० अर्ब बिगो दाबीका १८ मुद्दा दर्ता
कुन वर्षमा कति उजुरी दर्ता र कति मुद्दा दायर भए ?
आर्थिक वर्ष २०६६÷६७ मा उजुरी दर्ता ३३ वटा भएकोमा मुद्दा दर्ता एउटा मात्र भएको थियो। आर्थिक वर्ष २०६७÷६८ मा ४२ वटा उजुरी दर्ता भएकोमा विभागले २ वटा मुद्दा दायर गरेको र अन्य निकायले ६ वटा उजुरी फर्छ्याैट गरेको थियो । आर्थिक वर्ष २०६८÷६९ मा ६५ वटा उजुरी परेकोमा विभागले ८ वटा मुद्दा दायर गरेको र अन्य निकायले १९ वटा उजुरी फर्छ्याैट गरेको थियो। यसैगरि आर्थिक वर्ष २०६९÷७० मा ११२ वटा उजुरी परेकोमा १३ वटा मुद्दा विभागले दर्ता गरेको र अन्य निकायले ३३ वटा उजुरीहरू फर्छ्याैट गरेका थिए। आर्थिक वर्ष २०७०÷७१ मा २५३ वटा उजुरी परेकोमा विभागले ३ वटा मुद्दा दायर गरेको र अन्य निकायले १०४ उजुरी फर्छ्याैट गरेका थिए। आर्थिक वर्ष २०७१÷७२ मा २७५ वटा उजुरी परेकोमा विभागले एउटा मुद्दा दायर गरेको र अन्य निकायले १०९ वटा उजुरीहरू फर्छ्याैट गरेका थिए।
यस्तै आर्थिक वर्ष २०७२÷७३ मा २२१ वटा उजुरी परेकोमा विभागले ४ वटा मुद्दा दर्ता गरि अन्य निकायहरूबाट ६१ वटा उजुरी फर्छ्याैट भएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा ३०६ वटा उजुरी परेकोमा विभागले ६ वटा मुद्दा दर्ता गरि अन्य निकायले १०४ वटा उजुरी फर्छ्याैट गरेका थिए। आर्थिक वर्ष २०७४÷७५ मा विभागमा २०१ वटा उजुरी परेकोमा ४ वटा मुद्दा दर्ता गरि अन्य निकायबाट २१५ वटा उजुरीहरू फर्छ्याैट भएको थियो। आर्थिक वर्ष २०७५÷७६ मा विभागमा ३२७ वटा उजुरी परेकोमा विभागले ९ वटा मुद्दा दायर गरि अन्य निकायबाट ४३ वटा उजुरीहरू फर्छ्याैट गरेको थियो ।
यसैगरि आर्थिक वर्ष २०७६÷७७ मा २५१ वटा उजुरी परेकोमा विभागले १० वटा मुद्दा दायर गरि अन्य निकायबाट १८१ वटा उजुरीहरू फर्छ्याैट गरेको थियो । आर्थिक वर्ष २०७७÷७८ मा २५० वटा उजुरी परेकोमा विभागले १४ वटा मुद्दा दर्ता गरि अन्य निकायबाट २३६ वटा उजुरी फर्छ्याैट गराएको थियो । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा १३६ वटा उजुरी परेकोमा विभागले ३ वटा मुद्दा दायर गरि अन्य निकायबाट ८७ वटा उजुरीहरूको फर्छ्याैट गराएको थियो। आर्थिक वर्ष २०७९÷८० मा ७ सय ४२ वटा उजुरीहरू परेकोमा विभागले जम्मा ११ वटा मुद्दा दर्ता गरेको थियो। अन्य निकायबाट ५ सय ४९ वटा उजुरीहरू फर्छ्याैट भएको थियो। आर्थिक वर्ष २०८०÷८१ मा सबै भन्दा धेरै ७ सय ८९ वटा उजुरी परि विभागले १२ वटा मुद्दा दर्ता गरेको थियो भने अन्य निकायहरूले ३ सय २ वटा उजुरी फर्छ्याैट गरेका थिए। आर्थिक वर्ष २०८१÷८२ मा ३० वटा उजुरी परेका छन। यसमा विभागले २०८२ बैशाख १५ गतेसम्म २२ वटा मुद्दा दायरा गरेको छ,अन्य निकायबाट अहिले सम्मकै सबै भन्दा धेरै ७ सय ८८ वटा उजुरी फर्छ्याैट भएका छन। अब विभागमा करिव ९ सय वटा उजुरीहरू कायम छन। ती मध्ये अन्य निकायलाई तीन सय उजुरी फरवार्ड हुने तयारीका छन। यो आर्थिक वर्ष देखिनै विभागले व्याक्तिगत उजुरी लिन छाडेको छ। सरकारी निकायबाट आएका शंकास्पद उजुरीमात्र दर्ता गरि सूक्ष्म अध्ययन, छानवीन र अनुसन्धान गर्दै आएको छ।
सम्बन्धित समाचार शीर्षकः महानिर्देशक दाहालको इन्ट्रिपछि विभागको कार्यशैलीमा व्यापक सुधार, के हुँदैछ ?
१३ वर्षमा १०१ मुद्दा दर्ता
विभागले स्थापना कालदेखि आर्थिक वर्ष २०८०÷८१ सम्म विभागले १०१ थान मुद्दा दायर गरेको छ। त्यसमा कुल बिगो माग दाबी रकम १४ अर्ब २७ करोड २७ लाख रहेको छ। त्यसमध्ये ९७ थान मुद्दाको फैसला भैसकेको छ। त्यसमा बिगो माग दाबी ठहर फैसला ७९ थान भएको र सफाई फैसला १८ थान मुद्दामा भएको छ। विगत १३ वर्षमा २ हजार १ सय ५० वटा उजुरीहरू फर्छ्याैट भएका छन् । त्यसमध्ये विभागले अदालतमा दायर गरेका १०१ थान मुद्दामा सफलता प्रतिशत ८१ प्रतिशत रहेको छ ।
२२ मुद्दामा ८० अर्ब बिगो माग दाबी
यता चालु आर्थिक वर्ष २०८१÷८२ को सुरूवातीमा छानवीन अनुसन्धान हुन अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १ हजार ६ सय ७६ वटा उजुरी र चालु आर्थिक वर्षमा परेका ३० वटा उजुरी समेत साँढे नौ महिनामा जम्मा एक हजार ७ सय ६ वटा उजुरी विभागमा रहेकोमा त्यसमा विभागले २२ वटा मुद्दा दायर गरि ८० अर्ब रूपैयाँ भन्दा बढी बिगो माग दाबी गरेको छ। यसबीचमा ८ सय १० भन्दा बढी उजुरीहरू फछयौट गरि सकेको महानिर्देशक दाहालले जानकारी बताएका छन् ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












