शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५२ पैसा र बिक्रीदर १३७ रुपियाँ १२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ०७ पैसा र बिक्रीदर १५४ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपियाँ ८६ पैसा र बिक्रीदर १८४ रुपियाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपियाँ ९६ पैसा र बिक्रीदर १६५ रुपियाँ ६८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ८७ पैसा र बिक्रीदर ८८ रुपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ७० पैसा र बिक्रीदर ९९ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८४ पैसा र बिक्रीदर १०६ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६२ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १७ पैसा र बिक्रीदर चार रुपियाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १७ पैसा र बिक्रीदर ३२ रुपियाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९३ पैसा र बिक्रीदर ९ रुपियाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ १७ पैसा र बिक्रीदर १४ रुपियाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ६६ पैसा र बिक्रीदर २० रुपियाँ ७५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४१ पैसा र बिक्रीदर १७ रुपियाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ६० पैसा र बिक्रीदर ४४६ रुपियाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ १२ पैसा र बिक्रीदर ३६३ रुपियाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ६२ पैसा र बिक्रीदर ३५६ रुपियाँ १८ पैसा रहेको छ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
Comments
अरु समाचार
-
भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट, ९ जना नेपालीको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिण्डर विस्फोटबाट ९ जना नेपालीको ज्यान गएको छ। सोलन जिल्लाको अर्की क्षेत्रमा ग्यास...
-
कांग्रेस विशेष महाधिवेशन : सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा...
-
रोल्पामा वर्षमान र बालरामको भिडन्त, के गर्लान् विप्लव ?
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्य...
-
कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र...
-
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास...
-
विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको प्रतिवेदनमा के छ ?
काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।श्यामकुमार खड्काको अध्यक्षतामा...
-
ओलीसँग भिड्ने तयारी गर्दै बालेन, माघ ५ गते पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनको सचिवालयका एक सदस्यका...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...
-
कांग्रेस विशेष महाधिवेशनः आज पनि प्रतिनिधिको नाम दर्ता जारी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...











