पछिल्लो खेलमा गुजरातलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको छ । पञ्जाबको न्यू चण्डिगढमा भएको खेलमा मुम्बईले गुजरातलाई २० रनले हरायो । अब फाइनलमा पुग्न मुम्बईले दोस्रो क्वालिफायरमा पन्जाब किङ्ग्ससँग खेल्नेछ ।
टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय २८ रन बनाएको थियो । उसका रोहित शर्माले सर्वाधिक ८१ रन बनाए । जोनी ब्रेयस्ट्रोले ४७ रन जोडे । गुजरातका साई किशोर र प्रसिद्ध कृष्णाले समान दुई तथा मोहम्मद सिराजले एक विकेट लिए ।
जीतका लागि दुई सय २९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर दुई सय ८ रन बनायो । उसका साई सुदर्शनले सर्वाधिक ८० रन बनाएपनि टोलीको हार टार्न सकेनन् । वासिङ्गटन सुन्दरले ४८ रन जोडे ।
मुम्बईका ट्रेन्ट बोल्डले दुई, अश्विनी कुमार, जसप्रित बुमराह, रिचार्ड गिल्सन र मिचेल स्यान्टेनरले समान एक/एक विकेट लिए । दोस्रो क्वालिफायरको खेल भोलि हुनेछ । विजेता टोलीले उपाधिका लागि मङ्गलवार रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग खेल्नेछ ।
Comments
अरु समाचार
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












