ताजा समाचार

प्रदर्शनका क्रममा पक्राउ कमल थापा र सिंहसहित ७ जना रिहा

काठमाडौं । प्रदर्शनका क्रममा पक्राउ परेका सातजना राजावादी रिहा भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेता एवम् सांसद दीपक सिंहसहित पक्राउ परेका आठ जनामध्ये सात जना रिहा भएका हुन् ।

प्रहरीले उनीहरुलाई जिम्मा जमानीमा छोडेको हो । अर्का एक जना डा. राजिव झाले भने मापसे गरेर भिडमा अपशब्द बोलेकाले हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।

छोड्नु अघि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुलाई परिवारको जिम्मा लगाइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org