सिड्नीको नर्थसोर नेप्लिज कम्यूनिटीको अध्यक्षमा हिरा गिरी निर्वाचित !
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नर्थसोर नेप्लिज कम्यूनिटीको अध्यक्ष पदमा हिरा गिरी निर्वाचित भएकी छन् । हालै सम्पन्न निर्बाचनले हिरा गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । परोपकारी एबं समाजसेबी गिरीको यो जितले नेपाली कम्यूनिटी झनै बलियो हुने बिश्वास लिइएको छ ।
हिरा, प्रबासी जिबनदेखी नेपालको दुरदराजसम्म सामाजिक अभियन्ताको रूपमा चर्चित छिन। सहयोगी, सामाजिक अभियन्ता र दिन दुखीलाई साथ दिंदै आएकी उनलाई यो यात्रामा उनका श्रीमान कुमार गिरीले पनि साथ दिंदै आएका छन्।
त्यस्तै, निर्बाचनले उपाध्यक्षमा उमनाथ सापकोटा र उद्दब भट्ट, महासचिबमा प्रबिन ढुंगाना र कोषाध्यक्षमा सुमन पौडेल निर्वाचित भएका छन् भने, सचिबमा भने राधिका खरेल जोशी र जनक पाण्डे निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा अनन्त के.सी., अञ्जन ढुंगाना, भरत अधिकारी, बिनिता सुवेदी, विष्णु विवेक सेडाई, विवश लामिछाने, भुवन बराकोटी, दुर्गा गैरे, नवराज पोखरेल, निशान्त बरटौला, प्रविन पन्त, प्रदीप कंडेल, प्रमोद श्रेष्ठ, प्रतिक्षा पाण्डे, राजु देवकोटा, समिर बस्नेत, सुनिता के.सी., उपेन्द्र थापा, र युवराज श्रेष्ठ चयन भएका छन् ।
यसैगरी संस्थाले प्रेम सापकोटा, गणेश के.सी., रामप्रसाद घिमिरे, कुमार गिरी, ध्रुवा लोहानी, सुदिप कार्की, कपिल नेपाल, सिशिर नेपाल, बिकाश के.सी, निता के.सी, बिनोद घिमिरे, टिका रेग्मी, चन्द्र नेपाल, बिनोद मैनाली,सरोज पाण्डे, र श्री नापितलाई सल्लाहकारको रूपमा चयन गरेको छ । संस्थाले आगामी दिनहरूमा नेपाली समुदायबीच हातेमाले गर्दै बृहत्तर परोपकारी कार्य गर्दै सबै बर्ग , तह र तप्कासंग सहकार्य गर्दै संस्थालाई अगाडि बढाईने जानकारी अध्यक्ष हिरा गिरीले दिएकी छन ।
सिड्नीको उत्तरी क्षेत्रमा बस्ने नेपालीहरुले आफ्नो संगठनलाई अझ संगठित र मजबुत बनाउने उद्देश्यले नर्थसोर नेप्लिज कम्यूनिटीको स्थापना गरिएको थियो ।
Comments
अरु समाचार
-
A day in the life of a Russian diplomat in Kathmandu
Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February, as Russia and Nepal celebrate 70 years of diplomatic relations....
-
घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
काठमाडाैं । अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...











