सिड्नीको नर्थसोर नेप्लिज कम्यूनिटीको अध्यक्षमा हिरा गिरी निर्वाचित !
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा नर्थसोर नेप्लिज कम्यूनिटीको अध्यक्ष पदमा हिरा गिरी निर्वाचित भएकी छन् । हालै सम्पन्न निर्बाचनले हिरा गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । परोपकारी एबं समाजसेबी गिरीको यो जितले नेपाली कम्यूनिटी झनै बलियो हुने बिश्वास लिइएको छ ।
हिरा, प्रबासी जिबनदेखी नेपालको दुरदराजसम्म सामाजिक अभियन्ताको रूपमा चर्चित छिन। सहयोगी, सामाजिक अभियन्ता र दिन दुखीलाई साथ दिंदै आएकी उनलाई यो यात्रामा उनका श्रीमान कुमार गिरीले पनि साथ दिंदै आएका छन्।
त्यस्तै, निर्बाचनले उपाध्यक्षमा उमनाथ सापकोटा र उद्दब भट्ट, महासचिबमा प्रबिन ढुंगाना र कोषाध्यक्षमा सुमन पौडेल निर्वाचित भएका छन् भने, सचिबमा भने राधिका खरेल जोशी र जनक पाण्डे निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा अनन्त के.सी., अञ्जन ढुंगाना, भरत अधिकारी, बिनिता सुवेदी, विष्णु विवेक सेडाई, विवश लामिछाने, भुवन बराकोटी, दुर्गा गैरे, नवराज पोखरेल, निशान्त बरटौला, प्रविन पन्त, प्रदीप कंडेल, प्रमोद श्रेष्ठ, प्रतिक्षा पाण्डे, राजु देवकोटा, समिर बस्नेत, सुनिता के.सी., उपेन्द्र थापा, र युवराज श्रेष्ठ चयन भएका छन् ।
यसैगरी संस्थाले प्रेम सापकोटा, गणेश के.सी., रामप्रसाद घिमिरे, कुमार गिरी, ध्रुवा लोहानी, सुदिप कार्की, कपिल नेपाल, सिशिर नेपाल, बिकाश के.सी, निता के.सी, बिनोद घिमिरे, टिका रेग्मी, चन्द्र नेपाल, बिनोद मैनाली,सरोज पाण्डे, र श्री नापितलाई सल्लाहकारको रूपमा चयन गरेको छ । संस्थाले आगामी दिनहरूमा नेपाली समुदायबीच हातेमाले गर्दै बृहत्तर परोपकारी कार्य गर्दै सबै बर्ग , तह र तप्कासंग सहकार्य गर्दै संस्थालाई अगाडि बढाईने जानकारी अध्यक्ष हिरा गिरीले दिएकी छन ।
सिड्नीको उत्तरी क्षेत्रमा बस्ने नेपालीहरुले आफ्नो संगठनलाई अझ संगठित र मजबुत बनाउने उद्देश्यले नर्थसोर नेप्लिज कम्यूनिटीको स्थापना गरिएको थियो ।
Comments
अरु समाचार
-
चीनबाट अमेरिकामा भएको निर्यात अपेक्षा गरिएभन्दा धेरै
काठमाडौं । गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । वाशिङ्टन र बेइजिङले एकअर्कामाथिको...
-
एयर इन्डिया दुर्घटना : पाइलटले जानाजान दुर्घटना गराएको हुनसक्ने विशेषज्ञको आशंका
काठमाडौं । एयर इन्डिया उडान १७१ को दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका एक वरिष्ठ विमान सुरक्षा विशेषज्ञले गरेका...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित...
-
एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक
नयाँ दिल्ली । एअर इन्डिया फ्लाइट १७१ को दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टअनुसार अहिले सम्म बोइङ ७८७...
-
संस्कृत स्नातक सेवामण्डलीको आयोजनामा हुवाहिनमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न
बैंकक । गुरु पूर्णिमा महोत्सव यस वर्ष थाइल्याण्डको हुवाहिन शाखामा भव्यरुपमा सम्पन्न भएको छ । व्यासपूजा, गुरु पूजा, हवन, पाठ,...
-
बेलायतले इरानबाट अप्रत्याशित खतराको सामना गर्दै : अध्ययन प्रतिवेदन
लण्डन । बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको एक प्रतिवेदनले चेतावनी दिएको छ । बेलायतले इरानबाट खतराको सामना...
-
प्रधानमन्त्रीका पूर्वनिर्धारित कार्यक्रम स्थगित, आपतकालीन सहायता उपलब्ध गराउन सक्रिय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् । कार्यक्रमहरु स्थगित...
-
प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास,...