देशभरिका उपप्रमुख–उपाध्यक्षको भेला विराटनगरमा, पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि
विराटनगर । यही जेठ २३ र २४ गते विराटनगरमा देशभरिका स्थानीय तहका उपप्रमुख र कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्षको राष्ट्रिय सम्मेलन हुने भएको छ । देशभरिका महानगर, उपमहानगर र नगरपालिकाका उपप्रमुख तथा कोशी प्रदेशका सम्पूर्ण पालिकाका उपाध्यक्ष सहभागी हुने सम्मेलनको उद्घाटन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।
चीनबाट फर्किएलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उपप्रमुख–उपाध्यक्षको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदैछिन् । उनी कार्यक्रमको अघिल्लो दिन २२ गते बिहीबार नै विराटनगर पुग्ने बुझिएको छ ।
विराटनगर महानगरपालिकाको आयोजनामा हुने सम्मेलनमा देशभरिका उपप्रमुख तथा उपाध्यक्षहरुको काम, कर्तव्य र जिम्मेवारीका बारेमा छलफल हुनेछ । यस्तै कानुनले दिएको अधिकार र कार्यान्वयनमा चुनौतीलगायतको वियषमा पनि घनिभूत छलफल हुनेछ ।
कतिपय पालिकाका उपप्रमुख र उपाध्यक्षहरु अझै पनि आफ्नो काम, कर्तव्य र जिम्मेवारीका सम्बन्धमा प्रष्ट नभएकाले त्यस सम्बन्धमा छलफल गर्दै प्रष्ट पार्न सम्मेलन आयोजना गरिएको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा कार्कीले न्यूज नेपाललाई जानकारी दिइन् । कार्कीले थप प्रष्ट पार्दै भनिन्, ‘उपप्रमुख र उपाध्यक्षलाई दिइएको जिम्मेवारी कानुनबमोजिम कार्यान्वयन गर्न अप्ठ्याराहरु हुन्छन्, त्यस्ता विषयबस्तुमा हामी छलफल गर्नेछौं ।’
कानुनमा नितीगत सुधार गर्नुपर्ने र संशोधन गर्नुपर्ने कु्राहरु के छन् ती सबै विषय समेटेर एउटा घोषणपत्र तयार गरिने पनि उपप्रमुख कार्कीले जानकारी दिइन् । सम्मेलनमा घनिभूत छलफल गरेर तयार पारिएको घोषणापत्र केन्द्रीय सदनसमक्ष पेश गरिने भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीको बढ्दो राजनीतिक सक्रियता
चीनबाट फर्किएलगत्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उपप्रमुख–उपाध्यक्षको राष्ट्रिय सम्मेलनमा सहभागी हुन विराटनगर जाँदैछिन् । पछिल्लो समय क्रमशः राजनीतिक सक्रियता बढाउँदै गएकी पूर्वराष्ट्रपति भण्डारीले यसअघि चार प्रदेशमा आयोजना भएका एमालेका विभिन्न कार्यक्रममा सहभागिता जनाएकी छन् ।
दुई महिनाको बीचमा भण्डारी सातवटामध्ये चारवटा प्रदेशमा राजनीतिक भेटघाटमा सहभागी भइन् । लुम्बिनी, बागमती, गण्डकी र कोशीका विभिन्न ठाउँमा सहभागी हुँदा पूर्वराष्ट्रपति भण्डारीले एमाले सम्बद्ध नेता–कार्यकर्ताहरुसँग भेटघाट तथा परामर्श गरेकी थिइन् । बाँकी रहेका तीन प्रदेश कर्णली, सुदूरपश्चिम र मधेश प्रदेशमा पनि जाने योजना रहेको स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












