ताजा समाचार

कविता ‘यतिबेला मन सम्हालेर राख्नु’

शनिवारे कविता

आकाशमा फुर्सदमा भौतारिएको बादलमा
कलाकृति खोज्छ,
मनकै क्यानभासमा सित्तैमा चित्र बनााउछ भने,
मन त हो कसरी रोक्नु ?
बाटोमा कुदिरहेका
गाडीको नम्बरमा सङ्गती खोज्दै ,
त्यही सवारी सँगै मन दौडिन्छ भने,
ईन्धन बिना मन दौडियोस्
मनलाई किन रोक्नु ?
कहिले फुलहरुमा रमाउछ,
कहिले त्यही फुलको सेचन गर्ने
मौरी पुतलीहरुको मस्तिको बखान गर्छ भने
पुतली र फुल जस्तै रङ्गिचङ्गि छ मन
अनाहकमा किन पखाल्नु ?
ऋतुराजले पोतिएका घना अनि,
कहिले चिरहरण परे जस्ता
रुखहरुमा,
जीवनको सङ्गती नियाँल्दै
दुःख सुख अनुभूति गर्छ भने
हो ! यतिबेला मन सम्हालेर राख्नु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org