मुद्दा माधवविरुद्धः आक्रोश प्रचण्डदेखि राजेन्द्र र प्रकाश ज्वालासम्म किन ?
काठमाडाैं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि कोलाहाल मच्चिन थालेको छ ।
संवैधानिक निकायले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रश्न उठाउदै अख्तियारलाई सत्ता नेतृत्वसंग जोड्न थालिएको छ । यसमा पूर्वप्रधानमन्त्री प्रचण्डदेखि नेकपा एकीकृत समाजवादीका नेताहरु नै सक्रिय बनेपछि प्रश्न उठ्न थालेका छन् ।
भ्रष्टाचार नियन्त्रण गर्नु अख्तियारको प्रमुख दायित्व भएपनि भ्रष्टाचारविरुद्धको मुद्दा दर्ता गर्दा अख्तियारमाथि यसरी जाइलाग्नुले संवैधानिक अंगमाथि हस्तक्षेपको प्रारम्भ भएको भन्न थालिएको छ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दा अदालतको विषय बनिसकेकाले टिप्पणी नगर्ने भनिरहेको बेला प्रचण्ड भने अख्तियार प्रधानमन्त्री केपी ओलीको प्रभावमा परेको भन्दै कुप्रचारमा मच्चिएका छन् ।
उसोतः प्रचण्डले भरत तालमा सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्दा समेत संसदमै कडा शब्दमा आपत्ति जनाउदै संवैधानिक अंगमाथि दबाब सिर्जना गर्न खोजेका थिए । अहिले थापाविरुद्ध अख्तियार र वन विभागले चार वटा मुद्दा दायर गरिसकेका छन् ।
यता, माधवविरुद्धको मुद्दालाई राजनीतिकरण गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत जोड्दै प्रचण्डले यो विषयलाई उचाल्न खोजिरहेको भन्दै चर्चा शुरु भएको छ ।
नेकपा एसभित्र पार्टी नेतृत्व हत्याउन राजेन्द्र पाण्डेले समेत अनेक चलखेल शुरु गरेको चर्चा चलिरहेको छ । माधव नेपालविरुद्ध अख्तियारले मुद्दा चलाएको विषयलाई प्रधानमन्त्री ओलीसंग जोड्दै उनले तथानाम गरिरहेका छन् । पाण्डेले कार्यबाहक अध्यक्षको जिम्मेवारीका लागि दाैडधुप तीब्र पारेका छन् ।
पाण्डेसंगै प्रकाश ज्वाला समेत सक्रिय रुपमा माधव नेपालको वचाउमा उत्रिएका छन् । तत्कालीन अवस्थामा भाैतिक मन्त्री हुँदा सडकमा रंग पोतेल बस सञ्चालन गरेपनि त्यसमा ठूलो भ्रष्टाचार भएको बताइन्छ । धमाधम सडकमा रंग पोत्न करोडाैं रकम खर्चिएको विषय अपारदर्शी देखिएको बेला आफुमाथि समेत अख्तियारको नजर पर्न सक्ने भन्दै माधवको बचाउमा उत्रिएको बताइन्छ ।
‘प्राप्त प्रमाण, तथ्य र भ्रष्टाचार भएका आधार केलाएर अभियोजन गर्ने हो । व्यक्ति को पर्छ त्यो कानूनले नै निर्देशित गरेको मापदण्डमा रहेर हुने हो । यसमा कुनै संस्था वा सरकारसंग जोडेर हेर्नु सर्वथा गलत विषय हो । अख्तियारले आग्रह पुर्वाग्रह साँध्नुपर्ने कुनै कारण छैन् । सहि गलत त अदालतले निरुपण गरिहाल्छ नि । अहिले नै दोषारोपणमा उत्रिएर संवैधानिक अंगलाई कमजोर पार्ने काममा लाग्नु राज्य प्रणालीलाई कमजोर बनाउनु हो ।’ स्रोतले न्यूज नेपाललाई भनेको छ ।
अख्तियारले मुद्दा अभियोजन गरेपछि अदालतको क्षेत्राधिकारभित्र पुगिसकेको विषयमा राजनीतिक रुपमा टिप्पणी हुन थालेपछि यसबारेका अनेक चर्चा भने हुन थालेका छन् । प्रचण्डमाथि लडाकु शिविर घोटाला प्ररकण, शेरा दरबार प्रकरणदेखि थुप्रै प्रकरणको तरवार झुण्डिएको छ भने पाण्डे र ज्वालामाथि समेत मन्त्री हुँदामा विभिन्न प्रकरणहरुले तनाव सिर्जना गरिदिएको बताइन्छ ।
नेताहरुले अहिले राजनीतिक रुपमा तरङ्ग पैदा गर्दै अख्तियारलाई मनोवैज्ञानिक प्रभावमा पार्ने र न्यायालयलाई समेत दबाबमा राख्ने रणनीति अख्तियार गर्दा मुद्दा अभियोजनमाथि नै सरकार र प्रधानमन्त्री ओलीलाई जोडेर हेर्न थालिएको छ । यद्यपी यी विषय अख्तियारको क्षेत्राधिकारभित्र पर्ने भएपनि नीतिगत निर्णयको लेप लगाएर छुटकरा पाउने गरि कदम चाल्न भने खोजेको देखिन्छ ।
नेकपा एस कोशी प्रदेशले वक्तव्यबाजी नै गरेर अख्तियारमाथि गम्भीर आरोप लगाएको छ। कोशी प्रदेश अध्यक्ष सरिता थापाले विज्ञप्ति जारी गर्दै माधव नेपालविरुद्ध अख्तियारले प्रतिशोध साँधेको आरोप लगाएकी छन् । उनले पतञ्जली प्रकरण नीतिगत निर्णय भन्दै अभियोजनमा प्रश्न उठाएकी छन् । उसोतः पार्टीले संवैधानिक अंगविरुद्ध वक्तव्यबाजी गर्न थालेपछि नेकपा एसले कसरी राज्य सञ्चालनका नीति अख्तियार गर्न थालेको छ भन्ने विषय समेत चर्चामा आएको छ ।
हेर्नुहोस वक्तव्य
Comments
अरु समाचार
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
न्यायाधीश पाखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न किन गरे जोड ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिल पोखरेलले स्वार्थ बाझिने रवि लामिछानेको मुद्धा हेर्न जोड दिएका छन् । न्यायाधीश पाखरेलले स्वार्थ...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापतिसहितका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । सभापति थापासँगै उपसभापतिद्वय विश्वप्रकाश शर्मा...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...
-
कांग्रेसले टुङ्ग्यायो समानुपातिकतर्फका २० जना सांसदको नाम
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
मनकामना मन्दिरबाट फर्किँदै गरेको माइक्रो दुर्घटना, ७ जनाको घटनास्थलमै ज्यान गयो
गोरखा । मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको ज्यान गएको छ । शनिबार...












