स्पेनलाई हराउँदै नेसन्स लिगको उपाधि पोर्चुगललाई !
काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो ।
टाइब्रेकरमा पोर्चुगल ५–३ ले विजयी भयो । पोर्चुगलका लागि गोन्सालो रामोस, भितिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डेस र रुबेन नेभेसको प्रहार गोलमा परिणत भयो । स्पेनका मिकेल मेरिनो, एलेक्स बेना र इस्कोको प्रहार गोल हुँदा अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए ।
त्यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट अतिरिक्त समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।
खेलमा स्पेनले दुईपटक अग्रता लिएपनि जोगाइराख्न सकेन । २१औं मिनेटमा मार्टिन जुयामेण्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
त्यसको ५ मिनेटमा नै नुनो मेन्डेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४५औं मिनेटमा मिकेल ओयरजाबालले गोल गरेपछि पहिलो हाफमा स्पेन २-१ ले अगाडि रह्यो ।
दोस्रो हाफको ६१औं मिनेटमा स्टार सिनियर खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा गयो ।
पोर्चुगलले यसअघि नेसन्स लिगको पहिलो संस्करण २०१८/१९ को उपाधि जितेको थियो । त्यसयता फ्रान्स र स्पेनले १–१ पटक उपाधि जितेका थिए ।
भेट्रान स्ट्राइकर रोनाल्डोका लागि पोर्चुगलबाट यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि बन्यो । यसअघि सन् २०१६ को युरो र २०१९/१९ को नेसन्स लिग पोर्चुगलले जितेको थियो ।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
एनपिएलमा आज कर्णाली र जनकपुर भिड्दै !
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम...












