अनेरास्ववियुको मतदान भोली, कुन प्यानलबाट को–को छन् उम्मेदवार ?
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुको २४ औँ महाधिवेशन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा जारि छ । जसमा नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोली मात्रै हुने भएको छ ।
निर्वाचन मण्डलले आज बुधबार रातिका लागि तय गरेको मतदान प्राविधिक व्यवस्थापनका कारण बिहीबार बिहान मात्रै हुने अनेरास्ववियुका एक नेताले जानकारी दिए ।
यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकोमा प्राविधिक व्यवस्थापनका कारण बिहीबार बिहानका लागि सारिएको जनाएको हो ।
सुरक्षाकर्मीले राति मतदान गर्दा समस्या हुने भन्दै भोलिका लागि बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको उनको भनाई छ ।
को–कोबिच हुँदैछ प्रतिस्पर्धा ?
अनेरास्ववियुको नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । दुवै पक्षबिच सहमति हुन नसकेपछि दुई पक्षिय प्रतिस्पर्धा हुने भएको हो ।जसमा अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा कडरिया प्यानलबाट अन्जना सिवाकोटी र पौडेल पक्षबाट विकास श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
अन्य उपाध्यक्षहरुमा राजकुमार ढकाल, भरतसिंह धामी, धमेन्द्र केसी र गणेशबहादु शाही, महिला उपाध्यक्षमा सुजिता धिताल, भवानी बजगाईँ र आरती भट्टराई पनि उम्मेदवार भएका छन् ।
महासचिव पदमा दीपक धामी र आरके रोमशको उम्मेदवारी परेको छ । कडरिया पक्षबाट धामी र पौडेल पक्षबाट रोमशले उम्मेदवारी दिएका छन् । सुनिल कँडेल पनि महासचिवका उम्मेदवार छन् ।
उपमहासचिवको उम्मेदवारमा प्रेमिका शाही, कमल जोशी र अमरबहादुर शाही उम्मेदवार परेको छ। सचिवमा रेखा न्यौपाने, रक्षा बम, आकाश घर्तीमगर र रेखा थापा उम्मेदवार छन् ।
एमालेले अखिलमा ३२ वर्षे उमेर हद लगाएपछि सुरु भएको राष्ट्रिय सम्मेलनमा युवाहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । अखिलको १५१ सदसीय केन्द्रीय समितिमा ९ पदाधिकारी हुनेछन् ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












