सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान
काठमाडाैं । सर्वोच्चका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्धको उजुरी आह्वान गरिएको छ ।
संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद्मा सिफारिस एकजनाविरुद्ध उजुरी आह्वान गरेको हो ।
समितिले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाका सम्बन्धमा कुनै सूचना वा उजुरी भए दिनको लागि आह्वान गरेको हो।
त्यसैगरि न्याय परिषद्को सदस्यमा सिफारिस भएका वरिष्ठ अधिवक्ता महेश नेपालका सम्बन्धमा पनि कुनै उजुरी भए दिन समितिले आह्वान गरेको छ।
‘उनीहरुलाई ती पदमा नियुक्ति गर्न उपर्युक्त छैन भने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रकाशित भएको मितिले दश दिनभित्र सूचना वा उजुरी दिने जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ समितिले आइतबार जारी गरेको सूचनामा भनिएको छ।
गएको जेठ २७ गते न्याय परिषद्ले पोखरेल, पौडेल र थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
Comments
अरु समाचार
-
राखेपलाई चीनले दियो ८५ लाखबराबरको खेलकुद सामग्री !
काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको...
-
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त (यस्तो छ मन्त्रिपरिषद्)
काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...
-
यस्तो बन्यो मदन जयन्ती मूल व्यवस्थापन समिति (सूचीसहित)
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय भएसँगै मदन भण्डारी फाउण्डेशनले देशव्यापी अभियान थालेको छ । यसको पहिलो चरणमा...
-
‘संसद विघटन संविधान बमोजिम नै सदर गरेकी हुँ’ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालमा भएको २ पटकका संसद विघटन दबाबमा नभएर संवैधानिक कानूनी व्यवस्थाअनुसार नै गरेको प्रष्ट...
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...