ताजा समाचार

लार्चामा ह्युम पाइप बगाउँदा तातोपानी नाका ठप्प !

काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा राखिएको ह्युम पाइप बगाउँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार राति परेको अविरल वर्षाका कारण भोटेकोशी–३ लार्चामा राखिएको ह्युम पाइप बगाएको जानकारी दिए ।

गत असोजमा परेको वर्षाले लार्चा पुल बगाएपछि अहिले २ महिनादेखि बेलीब्रिज निर्माण भइरहेको छ ।

बेलिब्रिज बन्दै गरेकोले आवागमनमा सहज बनाउने उद्देश्यले ह्युम पाइप राखेर यातायात संचालनमा ल्याइएको थियो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक राईका अनुसार लार्चामा सवारी आवागम अवरुद्ध छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org