विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । सोमबार राति परेको पानीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन बगाउपछि रातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
वर्षातका कारण अचानक पानीको बहाव बढ्न गई डाइभर्सन माथिबाट पानि बगेपछि राजमार्ग बन्द भएको हो । गएराति नवलपुर क्षेत्रमा भिषण वर्षा भएको थियो ।
डाइभर्सन मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहे पनि बाढीको बहाव नघटेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।
गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको २ सय ४५ मिटर लामो पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । खोलाले यो डाइभर्सनमा अवरोध गरेको यो पाँचौँ पटक हो ।
राजमार्ग अवरुद्ध हुँदा मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडीहरु होङ्सी सिमेन्टको गेट हुँदै, सर्दि–दुम्किबास बजार निस्किने गरेका प्रहरीले जनाएको छ । तर दुम्किबास दाउन्नेको उकालो उक्लिन पनि गाडीहरुलाई समस्या भइरहेको छ ।
दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको हो । जसका कारण दुम्किबास क्षेत्रमा पनि सवारी साधनहरुको लामो लाइन लागेको छ ।
धेरैजसो सवारी साधनहरु, अरुणखोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छ्रन् । त्यहाँ करिब दुई सय सवारी साधनको लाइन लागेको नेपालले जानकारी दिनुभयो । जसका कारण सवारी साधनका चालक तथा सयौं यात्रु समस्यामा परेका छन् ।
दाउन्नेमा निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेदेखि सञ्चालन हुने बताइएको छ । नारायणघाट–बुटबल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्दछ । यही जेठ २३ गते पुलको अन्तिम स्पानको ढलान सकिएको हो ।
Comments
अरु समाचार
-
खाँदबारीमा पारुहाङ र सुम्निमाको शालिक अनावरण !
काठमाडौं । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका– १, ढोलबाजे डाँडामा पारुहाङ र सुम्निमाको शालिक अनावरण भएको छ । खाँदबारी नगरपालिकाको आर्थिक...
-
तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता
काठमाडौं । तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय...
-
विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी
काठमाडौं । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी भएका छन् । दोधारा–चाँदनी नगरपालिका– ६ स्थित कालागडका ६३ वर्षीय कालु...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
मंगलबार यी प्रदेश्मा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा...
-
बबई नदिमा पौडी खेल्न क्रममा विद्यार्थी गायब
काठमाडौं । दाङको बबई नदिमा पौडी खेल्न गएका दुईजना विद्यार्थीको नदिमा डुबेर बेपत्ता भएका छन् । बबई गाउँपालिकाको पुरन्धारा छहरा...
-
संखुवासभा सहित ३७ जिल्ला बाढीको जोखिममा
काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले...
-
सुनसरीमा गोली हानेर सालीको हत्या
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका– ६ घुस्कीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् । गएराती करिब १ बजे १८...
-
सडक भासिएपछि अवरुद्ध अरनिको राजमार्ग पुनः सञ्चालनमा
काठमाडौं । सडक भासिएर बन्द भएको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ । सो राजमार्ग भएर अहिले सबै सवारीसाधन चल्न...