सांसद भट्टचनको पहलमा दामोदरकुण्ड र गुरुसाङ्वो गुफा पदमार्गमा दुई झोलुङ्गे पुल बन्ने !
काठमाडौं । संघीय सांसद देवीप्रकाश भट्टचनको पहलमा मुस्ताङ जिल्लाका दुई महत्वपूर्ण धार्मिक पदमार्गहरूमा झोलुङे पुल निर्माण हुने भएको छ।
सांसद भट्टचनको पहलमा नेपाल सरकारको अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झोलुङे पुल निर्माणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै लामो समयसम्म निर्माण हुन नसकेका पुल निर्माण हुने भएका हुन् ।
कस्ता बन्छन् नयाँ पुल ?
निर्माण हुने दुई पुलमध्ये पहिलो लोघेकर दामोदरकुण्ड पदमार्ग अन्तर्गत भर्सा खोलामा ४७० मिटर लामो हुनेछ । त्यस्तै दोस्रो थासाङ गाउँपालिका–२ को नाउरिकोट–गुरुसाङ्वो गुफा पदमार्गमा ४६० मिटर लामो पुल निर्माण गरिनेछ। यी दुवै पुल सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत निर्माण गरिने जनाइएको छ।
सस्पेन्सन ब्रिज डिभिजनका इञ्जिनीयर प्रवेश रेग्मीका अनुसार दामोदरकुण्ड जाने भर्सा खोलाको पुलको लागत अनुमान ११ करोड ४६ लाख रुपैयाँ रहेको छ । त्यस्तैगुरुसाङ्वो गुफा मार्गको पुल लागत ६ करोड रुपैयाँ रहेको छ। बहुवर्षीय ठेक्काको स्वीकृति पाउन अर्थ मन्त्रालयमा प्रक्रिया अघि बढाइएको र स्वीकृति प्राप्त भएलगत्तै ठेक्का प्रक्रिया सुरु हुने बताइएको छ।
यात्रा अवधि घट्ने
धार्मिक स्थल समुद्री सतहदेखि ५१०७ मिटर उचाइमा रहेको छ। पुल निर्माणपछि हालको ९ घण्टाको पैदल यात्रा ५ घण्टामा छोटिने अनुमान गरिएको छ। यसले तिर्थ यात्रीहरुलाई यात्रा सजिलो बनाउने छ।
यस्तै, थासाङ–२ मा पर्ने जानका लागि हाल मुख्य सडकबाट पैदल एक घण्टा लाग्ने यात्रा पुल निर्माणपछि आधा घण्टा कम हुने वडाध्यक्ष गौतम शेरचनले बताए । गुरुसाङ्वो गुफा गुरु पद्यसम्भवले ध्यान गरेको महत्वपूर्ण धार्मिक स्थल हो।
गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले संघीय सांसद भट्टचनको सक्रियतामा पुल निर्माणको डीपीआर सम्पन्न भइसकेको र बजेट समेत विनियोजन भएको बताए। निर्माण सम्पन्न भएपछि तीर्थयात्रा, धार्मिक पर्यटन तथा स्थानीय विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












