गोहीको आक्रमणबाट माछा मार्न गएका युवकको मृत्यु
काठमाडौं । चितवनको सौराहा नजिक चित्रसारीस्थित बुढीराप्ती खोलामा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका–८ का २७ वर्षीय अविषेक माझीको गोहीको आक्रमणमा परेर ज्यान गएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार अविषेक बिहीबार राति माछा मार्न गएका बेला गोहीले आक्रमण गरेर खोलातिर तानेको थियो ।
उनीसँगै सोही ठाउँका ४०४५ वर्षीय राजकुमार माझी पनि माछा मार्न गएका थिए । घटना राति करिब ९ बजे भएको बताइएको छ ।
राजकुमार माझीले राति ९ बजेर ३५ मिनेटतिर अस्थायी प्रहरी पोस्ट मैनाहालाई खबर गरेपछि प्रहरीको टोली तुरुन्तै खोजी तथा उद्धारमा खटिएको थियो ।
चितवन प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार राति १ बजेर २० मिनेटतिर घटनास्थलभन्दा करिब २०० मिटर उत्तरतर्फ अविषेकको शव फेला परेको हो ।
चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रका खोलामा घडियाल र मगर गरी दुई प्रजातिका गोही पाइन्छन् । घडियाल प्रायः माछामात्र खाने र शान्त स्वभावका हुन्छन् भने मगर गोही निकै आक्रामक र ज्यानै लिने खालका हुने जनाइएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता
काठमाडौं । तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय...
-
विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी
काठमाडौं । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी भएका छन् । दोधारा–चाँदनी नगरपालिका– ६ स्थित कालागडका ६३ वर्षीय कालु...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
मंगलबार यी प्रदेश्मा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा...
-
बबई नदिमा पौडी खेल्न क्रममा विद्यार्थी गायब
काठमाडौं । दाङको बबई नदिमा पौडी खेल्न गएका दुईजना विद्यार्थीको नदिमा डुबेर बेपत्ता भएका छन् । बबई गाउँपालिकाको पुरन्धारा छहरा...
-
संखुवासभा सहित ३७ जिल्ला बाढीको जोखिममा
काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले...
-
सुनसरीमा गोली हानेर सालीको हत्या
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका– ६ घुस्कीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् । गएराती करिब १ बजे १८...
-
सडक भासिएपछि अवरुद्ध अरनिको राजमार्ग पुनः सञ्चालनमा
काठमाडौं । सडक भासिएर बन्द भएको अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ । सो राजमार्ग भएर अहिले सबै सवारीसाधन चल्न...
-
देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...