ताजा समाचार

१६ वर्षमुनिको इस्ट जोन कप: फाइनलमा नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र सिङ्गापुर खेल्दैछन् । यो खेल मलेशियाको बाङ्गीमा अहिले बिहान पौने ८ बजे शुरू हुनेछ ।नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेटले हराएको थियो ।

यस्तै सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए ।

समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । यो समूहबाट नेपाल शीर्ष र सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए । नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org